ओमप्रकाश गुप्ता/तिर्थराज ज्ञवाली
भालुवाङ १९ चैत । देउखुरीको राप्ती गाउँपालिका .२ लालमटियामा प्रत्येक घरधुरीमा सरसफाई सम्बन्धी अनुगमन तथा स्टीकर टाँस गर्ने कार्य सोमवार सम्पन्न भएको छ । सुआहारा दुई र लालमटिया पुर्ण सरसफाई मुल समिति तथा उप समितिको सक्रियतामा घरहरुमा पुर्ण सरसफाई अभियान, सम्बृद्धिको पहिचान स्वच्छता आनीबानी परिवर्तन एवम् स्वच्छ घरको प्रवद्र्धन भन्ने मुल नारा सहित ८२ वटा घरको अनुगमन गरिएको हो । घरको आँगन, भान्सा, शौचालय लगायतको अनुगमन गरिएको राप्ती गाउँपालिका वास प्रज्वलक कल्पना बैद्यले जानकारी दिएकी छिन् । पुर्ण सरसफाई मुल समितिका रमेशमान गुरुङ, उप समितिका शारदा भुसाल, लालमणी भुसाल, निर्मला राना लगायतको सहभागीता रहेको थियो टोलीले घर वरपर सरसफाई राख्न सबै घर परिवारलाई आग्रह गर्दै सरसफाई विवरण सम्बन्धी स्टीकर व्यानर समेट झुन्डाई दिएका छन् ।
Views: 0