आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा…

२०७५ माघ २५, शुक्रबार ११:३७ गते २०७५ माघ २५, शुक्रबार ११:३७ गते २०७५ माघ २५, शुक्रबार ११:३७ गते

भारतको एक २७ वर्षीय युवाले आफूलाई किन जन्माएको भन्दै आफ्ना आमा बुबा विरुद्ध मुद्दा दायर गर्ने तयारी थालेका छन् । मुम्बईका व्यवसायी राफेल सामुयलले जीवनभरका लागि विभिन्न दु:ख कष्ट झेल्नुपर्ने भएकाले बच्चा जन्माउनु गलत भएको बताए ।उनले कुनै पनि ‘व्यक्ति जन्मिनुअघि उसको सहमति लिन नसकिने स्वीकार गर्छन् ।सामुयल ‘आफू जन्मनका लागि कसैलेपनि निर्णय नलिने’ दाबी गर्छन् । उनी अनुमतिबिना आफूलाई जन्माएको भन्दै आमाबुबासँग रुष्ट छन् । ‘हामीले आफूलाई जन्माउनका लागि कसै सँग आग्रह नगरेकाले बाँकी जीवन बाँच्नका लागि क्षतिपूर्तिस्वरुप केही रकम दिनैपर्छ,’ उनले भने । सामुयलले आफ्ना आमाबुवालाई निकै माया गर्ने तर उनीहरूले आफ्नो स्वार्थको लागि आफूलाई जन्म दिएको उनको दाबी छ ।

उनले भने, ‘मेरा आफ्ना आमाबुवासँग निकै राम्रो सम्बन्ध छ । म उनीहरूलाई निकै माया गर्छु । तर उनीहरूले आफ्नो स्वार्थका ला गि मलाई जन्माए ।’ उनका आमाबुबा दुवै वकिल हुन् ।उनले आफू व्यवसायमा संलग्न भएको र जीवनयापन सहजरुपमा चलिरहेको बताए । ‘तर बच्चा जन्माउनु भनेको एक प्रकारको दासता हो,’ उनले भने, ‘म एक जीवनलाई किन विद्यालय, अध्ययन, व्यापा र, काम, करियर, आदिको झमेलामा फसाऊँ ?, उनी भन्छन् । उनकी आमा कभिता कर्नाड सामुयलले विज्ञप्तिमार्फत छोरा असहमतिप्रति प्रतिक्रिया जनाएकी छन् ।

उनले भनेकी छन्, ‘आफ्ना वकिल आमाबुबालाई अदालतमा लैजाने मेरो छोराको निर्णयको म प्रशंसा गर्छु । यदि उसलाई जन्माउनुपुर्व सहमति लिन सम्भव थियो भन्ने तर्कसंगत व्याख्यासहित आए म गल्ती स्विकार्न तयार छु ।’ सामुयल ‘एन्टी नटालिजम’ दर्शनमा विश्वास गर्छन् । उक्त दर्शनका अनुयायीहरू जीवन पूर्णरुपमा पीडामय हुने भएकाले जन्मको विपक्षमा हुन्छन् ।एन्टी नटालिजम’ अनुसार कसैलाई जन्माउनु भनेको उसको इच्छा विपरीत दुखद जिन्दगी उसको टाउकोमा थोपर्नु हो । उक्त दर्शनमा संलग्न मानिसहरू आफ्ना आमाबुबासँग ‘मलाई किन जन्माएको ?’ भनेर सोध्नुपर्ने बताउँछन् । .

उनले आफू ५ वर्षको हुँदा ‘एन्टी नटालिजम’ दर्शन दिमागमा आएको बताउँछन् ।उनले करिब एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा खोलेको ‘नि हीलानन्द’ नामको खातामा विभिन्न प्रश्न सहितका तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले पोस्ट गरेका तस्बिरहरूमा ‘मैले पीडा किन बेहोर्ने?, मैले किन काम गर्ने?, म किन ट्राफिक जाममा फस्ने?, मैले किन युद्धको सामना गर्ने?, मैले किन पीडा वा डिप्रे सनको सामना गर्नुपर्ने?, मैले किन मेरो इच्छाविपरित विभिन्न कार्य गर्नुपर्ने?’ लगायतका प्रश्न लेखिएका छन् ।ती तस्बिरहरूमा निकै धेरै मानिसहरूले प्रतिक्रिया दिएका छन् । त्यसमध्ये अधिकांश नकारात्मक छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed