भर्खरै पक्राउ परे निर्मला पन्तको हत्यारा, पहुँचवाला भएर पक्राउ गर्न सकिएको थिएन : प्रहरी

२०७५ माघ २६, शनिबार १६:४५ गते २०७५ माघ २६, शनिबार १६:४५ गते २०७५ माघ २६, शनिबार १६:४५ गते

काठमाण्डौं, २६ माघ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।

निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ ।

निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।

सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ ।

केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए ।निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ ।

यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बतायो ।

हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ । निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।kavreonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *