लुसियाना। अमेरिकाको लुसियानामा ११ वर्षकी एक बालिका डराउँदै आफ्नी शिक्षिकाको नजिक गइन् । उनको हातमा एउटा पत्र देखेर शिक्षिकाले सोध्छिन् कि यो के हो ? बालिकाले भन्छिन् कि यो चिठी उनकी आमाले दिएकी हुन् ।
शिक्षिकाले त्यो चिठी खोलेर पढ्छिन् । चिठीमा लेखिएका दुई शब्द पढ्नासाथ शिक्षिकाले कुरा बुट्टिछन् र तत्कालै पुलिसलाई फोन गर्छिन् ।
पुलिस तत्कालै बालिकाको स्कुल पुग्छ र त्यसपछि उनको घर पुग्छ । उनको घर पुग्दा थाहा हुन्छ कि बालिकाकी आमालाई त्यहाँ बन्धक बनाएर राखिएको थियो । पुलिसले तत्कालै एक्सन लिन्छ ।
बालिकाको घर पुगेपछि एक अफिसरले ढोका ढक्ढक्याउँछन् तर कुनै जवाफ आउँदैन । पुलिस गेट तोडेर भित्र पस्छ त्यसपछि पल्ल पुरा घटनाक्रम थाहा हुन्छ । बालिकाकी आमालाई उनका ब्वाइफ्रेण्डले बन्धक बनाएर राखेका थिए ।
शिक्षिका शेरिफ जेफ ट्रविसका अनुसार ती व्यक्तिले बालिका र उनकी आमालाई उनीहरुको चाहनाविपरित त्यो घरमा राखेका थिए । महिलामाथि धेरै अत्याचार भइरहेको थियो । यही कारण पुलिसले उसलाई पक्राउ गर्यो । आरोपी व्यक्तिसँगै ती व्यक्तिकी आमा र हजुरआमालाई पनि गिरफ्तार गरिएको छ ।
उनीहरुलाई पनि यो अपराधमा भागीदार मानिएको छ । पुलिसले आमाछोरीको चलाखीको पनि तारिफ गरेको छ । ती महिलासँग बाहिर कसैसँग सम्पर्क गर्ने कुनै साधन थिएन त्यसैले उनले छोरीको माध्यमबाट उनकी शिक्षिकालाई पत्र पठाएकी थिइन् जसमा लेखिएको थियो ‘हेल्प मी ।’
Views: 0