देउखुरी भ्यालीको वार्षिक उत्सव

२०७४ चैत्र २४, शनिबार १४:११ गते २०७४ चैत्र २४, शनिबार १४:११ गते २०७४ चैत्र २४, शनिबार १४:११ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २४ चैत । देउखुरी भ्याली अंग्रेजी स्कुल भालुवाङको १४ औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल शोभाकर भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा बोल्ने वक्ताहरुले विद्यालयमा पढाईको गुणस्तरलाई ध्यान दिन सुझाव दिएका छन् । शिक्षिका सरस्वती अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका शिक्षा समितिका संयोजक विद्याशरण चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, दिपज्योती मावि सिसहनियाँका प्रिन्सिपल पुस्करदेव चौधरी,शिक्षिका अन्जु चौधरी,विद्यार्थीहरु सन्देश शर्मा, अनिशा शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिनुका साथै साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । कार्यक्रमकाको सञ्चालन शिक्षक गोविन्द प्रसाद शर्माले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed