पुरुषका लागि गर्भनिरोधक जेल !

२०७५ माघ २७, आईतवार १४:१० गते २०७५ माघ २७, आईतवार १४:१० गते २०७५ माघ २७, आईतवार १४:१० गते

पुरुषहरूका लागि परिवार नियोजनको साधनका रुपमा कण्डम वा वन्ध्याकरणको विकल्पमात्र उपलब्ध हुँदै आएकोमा वैज्ञानिकहरूले लामो अनुसन्धानपछि पुरुष गर्भनिरोधक जेल तयार पारेका छन् । यो जेल प्रयोग गरेपछि अस्थायी रुपमा पुरुषको वीर्यमा कमी आउने बताइएको छ ।
यस कार्यक्रमसँग सम्बद्ध डा. डायना ब्लीथले साइड इफेक्टका डरले गर्भनिरोधक चक्की लिन नचाहने महिला तथा कण्डम प्रयोग गर्न नरुचाउने पुरुषका लागि निकै प्रभावकारी तथा लाभदायक हुने बताएकी छिन् ।

एनइएसर टि नाम राखिएको यो जेल पुरुषले आफ्नो पिठ्यँ र काँधमा लगाउनु पर्छ, केही क्षणपछि छालाले यसलाई लिएपछि यसले असर देखाउन थाल्छ । यो जेल बनाउन टेस्टोस्टेरान तथा सेजेस्टेरान नामक दुई तत्वहरूको मिश्रण गरिएको हुन्छ । जेलको प्रयोग बन्द गरेपछि पुरुषमा पूर्ववतरुपमा वीर्यको विकास हुने बताइएको छ ।

सेजेस्टेरानले पुरुषको अण्डकोषमा रहेको टेस्टेस्टेरानको उत्पादनलाई प्राकृतिक तवरले रोकिदिन्छ जसका कारण वीर्यको उत्पादनमा निकै कमी आउँछ तर यसले यौनच्छा वा अन्य यौनिक क्रियाकलापमा कुनै प्रतिकूल प्रभाव पर्दैन । हाल परीक्षणकै अवस्थामा रहेको यो जेलको परीक्षण चाँडै नै विश्वभरका ४२० जोडी गरिने अमेरिकाको नेशनल इन्ष्टिच्यूट अफ हेल्थले जनाएको छ । यस अनुसन्धानमा संलग्न पुरुषहरूलाई चार देखि २० हप्तासम्म यो जेल प्रयोग गर्न लगाइनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed