सन्तान जन्मिएको कति समयपछि  यौनसम्पर्क गर्ने ?

२०७५ माघ २७, आईतवार १५:५९ गते २०७५ माघ २७, आईतवार १५:५९ गते २०७५ माघ २७, आईतवार १५:५९ गते

धेरैजसो मानिस सन्तान जन्मिएपछिको यौन जीवन कस्तो होला ? भनेर चिन्तित देखिन्छन् । कतिपयले यसमा नकारात्मक धारणासमेत बनाएका हुन्छन्, तर केही यस्ता उपाय छन् जसले बच्चा जन्मिसकेपछिको यौन जीवनलाई पनि आनन्दमय बनाउँछ, तर त्यसका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ ।
 शिशु जन्मिसकेपछि महिलाको शरीर ठीक ठाउँमा आउन केही साता वा महिना लाग्छ । यसमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

 महिलाहरूमा यौनप्रति इच्छा कम हुनुमा यौनसम्पर्कका बेला हुने पीडालाई मुख्य रूपमा लिइन्छ । बच्चा पाउँदा लगाइएको टाँका ठीक हुन केही समय लाग्छ । त्यो टाँका भएका बेला वा टाँका निको नभै यौनसम्पर्क गरे घाउ हुने तथा दुख्ने हुन सक्छ ।

 एउटा बच्चा पाइसकेपछि अर्को बच्चा चाँडो नपाउन परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ ।

 पारिवारिक जीवनमा यौनसम्बन्ध मात्र सबै कुरा होइन । त्यसैले श्रीमान्ले श्रीमतीको मनोभावना बुझेर त्यसैअनुरूप व्यवहार गर्नुपर्छ, जसले दिगो सम्बन्धमा सकारात्मक असर पार्छ ।

नारी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed