राम्रो र फुर्तिलो देखिन सबैलाई मन पर्छ । राम्रो फुर्तिलो देखिनुमा खानाको ठूलो भूमिका रहेको हुन्छ । यसका लागि बालबालिका हुन् वा युवायुवती वा वृद्ववृद्धा, सबैका लागि सन्तुलित खाना अर्थात् शरिरका लागि चाहिने सबै किसिमका पौष्टिक तत्व उपलब्ध हुने खानेकुरा खानु आवश्यक हुन्छ ।
हाम्रो समाजमा खाना पकाएर परिवारका सबैलाई खाना खुवाउने जिम्मा महिलाहरूको हुने भएकाले घरका सबै परिवारका सदस्यहरूलाई स्वस्थ राख्नमा उनीहरूको धेरै ठूलो भूमिका रहन्छ । त्यसै गरी परिवारका कुनै सदस्य बिरामी भएमा उनीहरूको स्याहार सुसार तथा खानपानको जिम्मा पनि धेरैजसो महिला अथवा घरको गृहिणीको नै हुने गर्दछ ।
आफ्नो परिवारका सबैलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ राख्नको लागि आपैंm पनि बलियो र स्वस्थ हुनुपर्ने हुन्छ । यसका लागि प्रत्येक महिलाले सचेत भई खानपिन गरेमा आफुलाई स्वस्थ्य र फूर्तिलो राख्न सकिन्छ ।
बिहानको खाना : बिहानको खानाले दिनभरीको काम गर्न चाहिने शक्ति उपलब्ध गराउँदछ ।
आफ्नो तौल कम गर्ने भन्दै कतिपय महिलाहरू बिहानको खाना नखाने वा अति कम मात्र खाने गर्दछन् । तर विभिन्न अध्ययनअनुसार बिहानको खाना नखानेहरूको दाँजोमा बिहानको खाना राम्रोसँग खानेहरूको शारिरिक तौल नियन्त्रण भएको देखिएको छ ।
समय–समयमा खाने : दिउँसो थोरै–थोरै भएपनि पटक–पटक (३ देखि ४ घण्टाका बीचमा) खानेकुरा खाने गर्नु पर्दछ । यसो गर्दा शरीरलाई आवश्यक पर्ने शक्ति निरन्तर प्राप्त हुन्छ र शरीर फूर्तिलो भइरहन्छ ।
लामो समयसम्म नखाइकन बस्ने बानीले मानिसलाई आलस्य तथा थकित बनाउनुको साथै रिस उठ्न सक्छ ।
रातीको खाना : राती खाना खाएपछि सुत्ने भएकाले त्यति शक्तिको आवश्यकता हुंदैन । तसर्थ रातीको खाना कम खानुपर्दछ ।
अर्थात् बिहानको खाना अलि धेरै खाने, दिउँसोको खाजा सकभर थोरै–थोरै गरेर दुई पटक सम्म खाने र रातीको खाना कम खाने गर्नु पर्दछ ।
तयारी खानेकुराहरु सकभर नखाने : तयारी खानेकुराहरू जस्तो तयारी चाउचाउ, चिजबल, मम, चाउमिन, वर्गर आदी खानेकुराहरू सकभर नखानु वेश हुन्छ । यस्तै बट्टामा प्याक फलफूल तथा जुस पनि स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले जिब्रोलाई क्षणिक मिठास मात्र दिन्छ र यसमा क्यालोरी पनि एकदम धेरै हुन्छ । तर हामीलाई चाहिने भिटामिन र मिनरलहरू यसमा एकदम न्यून हुन्छन् । जसले गर्दा हामीलाई चाहिने पोषक तत्वहरू प्राप्त हुदैन बरु अनावश्यक रुपमा बोसो जम्मा गर्न सघाउँछ ।
रेशा युक्त अन्न समुह खाने : रेशायुक्त अन्न समुह भन्नाले नफलेको चामल, खोस्टे दाल, चोक्कर सहितको पिठो (गँहु, मकै, जौ, कोदो, फापर) हुन । रेशायुक्त अन्नका परिकारले शरिरमा आइरन तथा भिटामिन प्राप्त हुन्छ । यसले मधुमेहका बिरामीलाई शरीरमा चिनीको मात्रा नियन्त्रण गर्न तथा तौललाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ । पलिस गरिएका खाद्य पदार्थमा भने रेशा फालि सकिने हुनाले यी फाइदा पाउन सकिदैन।
उचित मात्रामा चिल्लो खाने : धेरै जसो मानिसहरूको धारणा के छ भने चिल्लो भनेको एकदम अस्वास्थ्य खाद्य वस्तु हो, यसले शरिरमा तौल बढाउँछ । यो एकदम गलत धारणा हो । चिल्लो खाद्य पदार्थ भनेको हाम्रो स्वस्थ्यकर खानामा नभइ नहुने एउटा महत्वपूर्ण खाना हो । हाम्रो शरिरलाई चाहिने केहि प्रकारको भिटामिनहरु ए, डी, ई र के लाई शरिरले सोस्नको लागि चिल्लो पदार्थको नभइ हुँदैन । तोरीको तेल, सूर्यमुखीको तेल, तिलको तेल, भटमासको तेल, माछाको तेल आदीबाट प्राप्त हुने चिल्लोलाई हामी अनस्याचुरेट चिल्लो भन्दछौ जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यस्तै गरेर हाम्रो भान्छा घरमा हुने मेथीको गेडा, तिल, ज्वानो, सिलाम, आलस जस्ता चिजहरूबाट पनि राम्रो खालको चिल्लो पदार्थ पाउँछौ ।
चिल्लो पदार्थले छालालाई चिल्लो र चम्किलो बनाउँछ, नङ्ग र रांैलाई पनि स्वस्थ बनाउन मद्दत गर्दछ । चिल्लो पदार्थको कमी भएको खण्डमा अनुहारको छाला फुस्रो हुने रांै पनि सुख्खा हुने नङ्ग कमजोर खालको हुने हुन्छ ।
तर बोसो, घिउ, वनस्पती घिउ, चिजबाट प्राप्त हुने चिल्लो भने नराम्रो चिल्लो पदार्थ हो । यस्ता चिल्लो पदार्थले रगतमा एक प्रकारको बोसो जम्मा गर्दछ जसले गर्दा रक्तचाप बढ्ने, मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।
प्रशस्त मात्रामा क्याल्सियम युक्त खाना खाने : तीस वर्ष काटेपछि महिलाहरूको हड्डी कमजोर हुँदै जान्छ । यसले गर्दा धेरै महिलाहरूमा हड्डीसम्बन्धि रोगको समस्या देखिने गरेको छ । यी समस्यालाई रोकथाम गर्नका लागि क्याल्सियमयुक्त खाना र शारिरिक व्यायाम गर्न सकिन्छ ।
क्याल्सियम हामीले दुध र दुधबाट बनेका परिकारहरुबाट प्राप्त गर्न सक्छौ । त्यस्तै अण्डा, हरियो सागसब्जी, जौको खाद्य पदार्थहरू तथा अन्य अन्नहरू तोफु, बन्दा आदीबाट प्राप्त गर्न सकिन्छ ।
महिलाहरुमा अझ ४० वर्ष कटिसकेपछि शरिरको हर्मोनहरू तल माथि हुने हुँदा शरिरको तौल बढ्ने तथा अन्य समस्याहरू जस्तै मधुमेह, उच्च रक्तचाप, थाइरोइडसम्बन्धि समस्याहरू देखिने सम्भावना धेरै हुन्छ । त्यस्तै ४० वर्ष कटिसकेपछि महिनावारी रोकिने समय पनि भएकोले माथि उल्लेख गरे अनुसार खानपानमा ध्यान दिँदै नियमित रुपमा सामान्य व्यायाम गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
http://bit.ly/1PjLXg3
Views: 0