नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिनिधि सभाका सदस्य चौधरी

२०७५ बैशाख ४, मंगलवार १३:३६ गते २०७५ बैशाख ४, मंगलवार १३:३६ गते २०७५ बैशाख ४, मंगलवार १३:३६ गते

ओमप्रकाश गुप्ता
देउखुरी ४ वैशाख । प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले आफनो निर्वाचन क्षेत्र नमुना बनाउने संकल्प गरेका छन् । देउखुरीको सुर्यविनायक मावि नर्तीमा मंगलवार देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सवलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका चौधरीले समृद्ध क्षेत्र बनाउन अव आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् । उनले आफुले बाचा रहेको काम छिटै पुरा गर्ने बताएका छन् । आफुले प्रत्येक घरको खरको छाना हटाउने अभियानको मोडालिटी तयार भइरहेकाले अव असार देखि नै सुरु गर्ने बताउदै । मुक्तकमैया, हलिया, सुकुम्बासी बस्तीलाई नमुना बस्ती बनाउने बताएका छन् । प्राविधिकधारको कक्षा तथा प्लस टु सञ्चालनका लागि विद्यालयको आयोजनामा धार्मिक महोत्सव सुरु भएको हो । महोत्सव मुल आयोजक समितिका अध्यक्ष बसन्तराज शर्मा पौडेलको अध्यक्षता एवम् प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला उपसचिव सुरामणी बेल्वासे, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, उपमेयर देवका बेल्वासे, वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेल,सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे, हिन्दु जागरण नेपालका केन्द्रिय सल्लाहाकार दामोदर पाण्डे,जखेराताल महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शोभा घिमिरे र पत्रकार ओमपप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका महासचिव लेखराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार दशरथ घिमिरेले गरेका थिए । ७ दिन सम्म चल्ने धार्मिक महोत्सवको प्रमुख कथावाचकमा गोविन्दशरण महाराज रहेका छन् । कार्यक्रम उद्घाटन पुर्व कलशयात्रा निकालिएको थियो । यसै बिच प्रतिनिधि सभाका सदस्य मेटमणी चौधरीले सुर्य विनायक मावि नर्तीमा एक बालिकालाई विद्यालयकामा भर्ना गराई अभियानको सूरु गरेका छन् । लमही नगरपालिका २ डोरही निवासी सिर्जना नेपालीलाई कक्षा ८ मा भर्ना गरी अभिभावकको भुमिका समेत निर्वाह गरेका छन् । उनले ५ वर्ष सम्म सिर्जनाको भर्ना शुल्क, कापी कलम लगायत पढाइका लागि चाहिने सम्पुर्ण खर्च आफुले व्यहोरने बताएका छन् । साथै उनले विवाह समेत आफुले गरिदिने बताएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed