ओमप्रकाश गुप्ता
भालुवाङ ४ वैशाख । जन्म दिने मनाउने आ आफनै शैली हुने गर्छ, कसैले केक काटेर, पार्टी तथा भोजभतेर गरेर जन्म दिन मनाउने गर्छन । तर देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङका प्रखर युवा अशोक बेल्वासेले भने फरक तरिकाले आफनो जन्म दिन मनाएका छन् । बेल्वासेले सोमवार आदर्श नमुना माध्यामिक विद्यालय लालमटियामा राप्ती गाउँपालिकाका ५ वटा विद्यालयहरुलाई डसविन उपहार दिएर जन्म दिन मनाएका छन् । उनले आदर्श नमुना मावि लालमटिया, ऐरावती आदर्श बहुमुखी क्याम्पस, नेपाल राष्टिय मावि भालुवाङ, नवप्रतिभा आधारभुत विद्यालय पाखापानी र आदर्श आधारभुत विद्यालय लालमटियालाई १–१ वटा डसविन उपहार दिएका छन् । जन्मदाता अशोक बेल्वासेको अध्यक्षता एवम् आदर्श नमुना मावि लालमटियाका साहायक प्रध्यानाध्यापक दोर्णबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पस साहायक प्रमुख विक्रान्त ज्ञवाली, नेपाल राष्टिय मावि भालुवाङका प्रअ डिलबहादुर कुमाल, नवप्रतिभा आधारभुत विद्यालय पाखापानीका प्रमुख मानबहादुर कुमाल लगायतका वक्ताहरुले जन्मदिनको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
Views: 0