बेला–कुबेला किन हुन्छ यौन उत्तेजना ? यस्तो रहेछ कारण डा. राजेन्द्र भद्रा

२०७५ फाल्गुन १, बुधबार १७:०९ गते २०७५ फाल्गुन १, बुधबार १७:०९ गते २०७५ फाल्गुन १, बुधबार १७:०९ गते

बेला–कुबेला किन हुन्छ यौन उत्तेजना ? यस्तो रहेछ कारण

डा. राजेन्द्र भद्रा । तपाईंको प्रश्नको जवाफ दिनु पहिले हाम्रो यौन व्यग्रता अनि लिङ्ग कसरी उत्तेजित हुन्छ भन्ने विषयमा संक्षिप्त चर्चा गरौं ।

यौन व्यग्रता र उत्तेजना

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यासजस्तै यौन पनि अत्यावश्यक कुरा हो जीवनका लागि । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्रकृतिले नै दिएको कुरा हो । यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय हुन्छन् । एकातिर इनडोक्राइन सिस्टमअन्तर्गतका रागरस अर्थात् हार्मोनहरूले यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले भूमिका खेल्छ ।

यौनेच्छा जाग्ने वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनले महत्वपूर्ण भूमिका खेल्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । त्यसैगरी यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्वपूर्ण भूमिका खेल्छन् । यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभै नहुने कुरा हुन् । हाम्रो शरीरले कसरी आनन्द प्राप्त गर्छ भन्ने कुरा नै ऐन्द्रिकता हो । यो हाम्रो शरीरको पाँच इन्द्रिय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो । यसमध्ये कुनै इन्द्रियवाट आनन्द प्राप्त गर्नु नै ऐन्द्रिकता हुन सक्छ । यौन सम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो ।

हामीलाई थाहै छ, यौनसम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जे–सुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाटै प्रारम्भ हुन्छन् ।

यो पनि पढ्नुहोस् : फेसियल गर्दा एस्तो गल्ति नगर्नुहोस्, नत्र अनुहार नै बिग्रन सक्छ !
लिङ्ग उत्तेजनाको कुरा गर्दा, यौनसम्बन्धी सन्देशहरू हाम्रा इन्द्रियबाट मस्तिष्कसम्म स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौनउत्तेजना हुने किसिमका सन्देश प्राप्त भए सम्बन्धित व्यक्तिमा यौन उत्तेजना बढ्छ । यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ भने लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौं ।

बेला–कुबेला किन उत्तेजना ?

किशोरावस्थामा हुने परिवर्तनले व्यक्तिमा भएको यौन विकासको कुरालाई संकेत गरिरहेको हुन्छ । यौन चाहना हुनु स्वाभाविक हो । हुन त सानैदेखि लिङ्ग उत्तेजना हुन्छ तर किशोरावस्था पुगेपछि यो बढी संवेदनशील हुन पुग्छ । माथि नै भनिसकियो कि इन्द्रियबाट सन्देशहरू मस्तिष्कमा स्पर्शको माध्यमबाट पुग्छन् । लिङ्ग र विशेष रूपमा भन्नुपर्दा यसको छाला निकै यौन संवेदनशील हुन्छ । कुनै पनि किसिमको स्पर्शले लिङ्गलाई उत्तेजित लाउन सक्छ ।

त्यसबाहेक पनि यौवनावस्थामा अनायास स्वत: लिङ्ग उत्तेजित हुन्छ । आफूले यौनसम्बन्धी कुरा चेतन रूपमा नसोचेको बेला पनि यस्तो हुन सक्छ । यौन उत्तेजना नै नभएको स्थिति जस्तो कि खाना खाँदा खाँदै, हजुरआमासँग कुरा गर्दागर्दै, कक्षामा अध्ययन गर्दागर्दै वा निदाएको बेलासमेत बेला–कुवेला लिङ्ग उत्तेजित हुन सक्छ । वास्तवमा यस्तो स्थिति लाजमर्दो हुन्छ र त्यतिबेला निकै असजिलो अनभुव हुन्छ । यस्तो स्थितिलाई कउयलतबलभयगक भचभअतष्यल भनिन्छ । यसलाई नेपालीमा स्व:स्फूर्त लिङ्ग उत्तेजन भन्न सकिन्छ । किशोरावस्थामा विशेष गरेर हार्मोन उत्पादन हुने क्रम अधिक मात्रा नि:सृत हुँदा त्यसको प्रभावका कारणले हुने विश्वास गरिन्छ । यो पनि एकदम स्वाभाविक प्रक्रिया हो । यस्तो उत्तेजना केही बेरमै आफैं कम भएर जान्छ । उमेर बढ्दै गएपछि स्व:स्फूर्त लिङ्ग उत्तेजन हुने क्रम पनि कम हुँदै जान्छ ।

के गर्न सकिएला ?

यो स्वाभाविक प्रक्रिया भएकाले उपचारका लागि केही गर्नु आवश्यक छैन । उमेर बढ्दै गएपछि यो कम हुने मात्र होइन, यौन क्रियाकलापमा तपाईंको नियन्त्रण पनि बढ्छ । लिङ्ग उत्तेजना कुनै पनि पुरुषको यौन जीवनको अभिन्न अङ्ग हो । बेला–कुुवेला हुने यस्तो स्व:स्फूर्त लिङ्ग उत्तेजनालाई ठयाक्कै बन्द गर्ने नसकिए पनि सार्वजनिक स्थलमा अप्ठयारोमा पर्ने कुरालाई केही कम गर्ने उपाय अपनाउन सकिन्छ ।

यौन उत्तेजना नहोस् भनेर यौनसम्बन्धी नभै अन्य जस्तै— गृहकार्य, खेलकुद अनि परीक्षाका बारेमा मात्र सोच्दा केही फाइदा हुन्छ।
तपाईंले कस्तो किसिमको भित्री लुगा अर्थात् अन्डरवेयर लगाउँदै आउनुभएको छ थाहा भएन । खुकुलो किसिमको भित्री पहिरनको सट्टा टपक्क मिलेको भित्री पहिरन लगाए केही गरी लिङ्ग उत्तेजित भैहाले पनि अरूले सजिलै थाहा पाउने स्थिति हुँदैन।

केही गरेर सार्वजनिक स्थलमा लिङ्ग उत्तेजित भैहालेको स्थितिमा पहिलो कुरा त यथास्थितिमा शान्तसँग लिङ्ग शिथिल नभएसम्म बसिरहने, तर यता उता हिँड्नु छ भने लगाएको सर्ट वा टिसर्ट पाइन्टभित्र नकसी बाहिर निकाल्ने जसले केही हदसम्म भए पनि लिङ्ग उत्तेजनालाई छोप्न मद्दत गर्छ । आफूसँग भएको पुस्तक, फाइल वा झोला अघिल्तिर ल्याएर पनि यो कार्य गर्न सकिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed