आफ्ना बच्चाहरुलाई यस्ता खानेकुरा दिनुहोस् जसले बुद्धि बढाउँछ । जानकारीको लागी सेयर गरौं ।

२०७५ फाल्गुन १, बुधबार १७:५९ गते २०७५ फाल्गुन १, बुधबार १७:५९ गते २०७५ फाल्गुन १, बुधबार १७:५९ गते

दिमागले शरीरमा हुने सम्पूर्ण गतिविधिका साथसाथै संसारभर गरिने अनेकौ मुस्किल कामहरुको हिसाव राख्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिमागको शक्ति बढाउनका लागि ध्यान दिनु जरुरी छ । दिमागको शक्रि बढाउनका लागि यस्ता खानेकुराले सहयोग पुग्ने गर्दछ ।

ब्रोकाउली

हरियो गोभीजस्तो देखिने यो तरकारीले मस्तिष्कमा नयाँ कोशिकाहरुको संख्या बढाउने काम गर्दछ । यसका साथै दिमागका कोशिकाहरुबीच सम्पर्कलाई पनि राम्रो बनाउँछ । जसका कारण दिमाग तेज हुन्छ र स्मरणशक्तिमा पनि सुधार ल्याउँछ ।

ओखर

सबै फलहरुमध्ये ओखर मात्रै यस्तो फल हो जसमा दिमागी शक्ति बनाउने ओमेगा–३ फ्याटी एसिड सबैभन्दा बढी मात्रामा पाइन्छ । ओमेगा–३ का कारण मस्तिष्कमा न्यरोट्रान्समिशन अर्थात कोशिकाहरुबीच सूचना आदानप्रदान राम्रो बनाउँछ । यसबाट दिमाग तेज हुने गर्दछ ।

सालमन माछा

मानिसको मस्तिष्कका करिब ६० प्रतिशत हिस्सा फैटबाट बनेको हुन्छ । यसको अर्थ दिमागलाई ठिकसँग काम गर्नका लागि लगातार फैटी एसिड आवश्यक पर्दछ । सालमन माछामा ओमेगा–३ फैटी एसिड र डोकोसाहेक्सिनाइक एसिड (डीएचए) बढी हुने गर्दछ । जसले एल्जाइमर्सबाट पनि बचाउने गर्दछ ।

गोलभेडा

सबै ठाउँमा सहजै पाइने गोलभेडामा कयौ गुण हुन्छन् । एन्टिअक्सिडेन्टस र लाइकोपिनको उत्तम स्रोत भएकाले गोलभेडाले मस्तिष्कको शक्ति बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । फ्रि रेडिकलले दिमागलाई हानी पुराउने गर्दछ, जसका कारण बिर्सने रोग अर्थात डिमेन्सिया हुन सक्छ । हरेक दिन गोलभेडा खाँदा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट्स प्राप्त हुन्छ, जसले फ्री रेडिकल्सलाई टाढा राख्दछ ।

ग्रीन टी

स्वीटजरल्याण्डको बाजेल युनिभर्सिटीमा भएको अध्ययनमा ग्रीन टीले दिमागलाई धेरै फाइदा पुग्ने थाहा भएको हो । यसबाट मस्तिष्कको गतिविधि राम्रो हुन्छ । डिमेन्सिया र पार्किसन्सलाई टाढा राख्न र स्मरणशक्तिलाई दुरुस्त राख्न पनि यसले सहयोग पुग्छ ।

डार्क चकलेट

यसमा शरीर र मस्तिष्कका लागि अवश्यक निकै राम्रो गुणस्तरको एन्टिअक्सिडेन्ट्स पाइन्छ । डार्क चकलेटमा पाइने फ्लैभिनायड्सले मस्तिष्कको रक्त संचारमा सुधार ल्याउँछ । वेस्ट भर्जिनियाको विलिंग जेसुइट युनिभर्सिटीको एउटा अध्ययनले यसले ध्यान केन्द्रित गर्न पनि सहयोग पुग्ने पुष्टि गरेको छ ।

ब्लूबेरी

यो फलमा पनि फ्लैविनायड पाइन्छ, जसले दिमाग तेज बनाउने गर्दछ । यसको सेवनबाट स्मरणशक्ति र वस्तु पहिचान गर्ने शक्ति पनि बढ्ने गर्दछ । र, दिमागलाई हानी पुराउने फ्री रेडिकल घटाउन पनि सहयोग गर्छ । फ्री रेडिकलले दिमागको शक्ति नष्ट गर्ने भएकाले स्मरणशक्ति गुमाउने खतरा हुन्छ ।

पालकको साग

पालकको सागमा पोटैशियम भरपुर मात्रामा पाइन्छ । यसले दिमागको कोशिकाहरुमा आपसी सम्पर्क राम्रो बनाउँछ । साथै यसले सोच्ने, बुझ्ने र याद राख्ने शक्ति पनि बढाउने गर्दछ । पालकमा एन्टिअक्सिडेन्ट्सका साथै म्याग्नेशियम, फोलेट, भितामिन ई र के पनि पाइन्छ, जसले डिमेन्सियाबाट बचाउने गर्दछ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed