चैलाही सहकारी संस्थाको अध्यक्षमा पुन रेग्मी

२०७५ बैशाख १०, सोमबार १७:३५ गते २०७५ बैशाख १०, सोमबार १७:३५ गते २०७५ बैशाख १०, सोमबार १७:३५ गते

प्रियास्मृती गजमेर

लमही १० वैशाख । चैलाही सहकारी सस्थाको २४ औ बार्षिक साधारण सभा एबम अधिबेशन आइतबार लमहीमा सम्पन्न भएको छ । अधिबेशनले सहकारीको अध्यक्षमा गोबिन्द रेग्मीलाई नै चयन गरेको छ । जस्को उपाध्यक्षमा मोहनलाल खत्री , कोषाध्यक्षमा नेत्रबहादुर बुढाथोकी , सदस्यहरूमा रेशमबहादुर खड्का , शाेभाकर घिमिरे , गुरुदेब चौधरी ,र जानकी बस्नेत रहेका छन । त्यस्तै लेखा संयोजकमा बिष्णुप्रसाद गौतम, सदस्यमा महादेव चौधरी र बिष्णुप्रसाद गैरे रहेका छन । चैलाही सहकारी संस्थाका अध्यक्ष गोबिन्द रेग्मीको अध्यक्षता एबम दाङ जिल्ला सहकारी संस्थाका पुर्ब अध्यक्ष डिल्ली बहादुर खड्काको प्रमुख आतिथ्यता र चैलाही सहकारी संस्थाका पुर्ब अध्यक्ष माधबप्रसाद रेग्मीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि खड्काले सहकारीलाई अझै प्रभाबकारी बनाउनु पर्ने कुरामा जोड दिएका थिए । चैलाही सहकारी संस्थाले उपभोक्तामुखी भएर काम गरे सहकारीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सक्ने बताए। उक्त सहकारीलाई लमही नगरपालिकाका एक देखि नौ वटा वडामा पुर्याउन सके सहकारी र आम उपभोक्तालाई फाइदा हुने भन्दै यस तर्फ सोच्नु पर्ने बताए । त्यस्तै सहकारीका पुर्ब अध्यक्ष माधब प्रसाद रेग्मीले सहकारीको भावना अनुरुप सस्थालाई अगाडी बढाउन नयाँ कार्य समितिका पदाधिकारीलाई आग्रह गरेका थिए । सहकारीको आर्थिक प्रगति प्रतिबेदन बिष्णुप्रसाद गौतमले र बार्षिक प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष गोबिन्द रेग्मीले गरेका थिए । गुरुदेब चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शाेभाकर घिमिरेले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रमको सन्चालन रेडियो देउखुरीका स्टेशन म्यानेजर शिबराज खनालले गरेका  थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *