मह र लसुनको सामान्य प्रयोग गर्नुस्, यी खतरनाक रोगबाट बच्नुस ! जानकारीको लागि शेयर गरौ !!

२०७५ फाल्गुन २, बिहीबार १६:५३ गते २०७५ फाल्गुन २, बिहीबार १६:५३ गते २०७५ फाल्गुन २, बिहीबार १६:५३ गते

एजेन्सी । मह र लसुनको प्रयोग भइरहेको हुन्छ । यिनको फाइदाबारे हामी केही जानकार पनि हुन सक्छौं । महमा एन्टिबायटिक, एन्टिब्याक्टेरियल गुण र लसुनमा एलिसिन र फाइबर हुने हुँदा धेरै प्रकारको पोषक तत्व पाइन्छ ।

महमा डुबाइएको लसुन खाएमा धेरै किसिमका रोगबाट बच्न सकिन्छ । यो एक किसिमको सुपर फुड हो ।शरीरमा भएको संक्रमणलाई पनि हटाउँछ । यदि तपाईले ७ दिनदेखि महमा डुबाइएको लसुन खानुहुन्छ भने केही दिनमै असर देखिन थाल्छ ।

मुटुका लागि फाइदा

लसुन र महको पेस्ट बनाएर खाएमा मुटुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गरेमा धमनीमा जम्मा भएको बोसोलाई पनि बाहिर निकाल्छ ।ब्लड सर्कुलेशन ठीक ढंगले हुने गर्छ । जुन मुटुको लागि निकै फाइदाजनक हुन्छ । यी दुइटालाई मिलाएर खाएमा कोलेस्ट्रोल कम हुन्छ ।

दाँतको समस्या हल हुन्छ

मह र लसुनमा रहेको फास्फोरसले दाँत मजबुद बनाउँछ । यसले दाँत सम्बन्धित सम्पूर्ण रोग लाग्नबाट बचाउँछ । घाँटीको दुखाई र सुन्निने समस्या हट्छ, मह र लसुनको पेस्टमा एन्टिइन्फ्लेमेन्टरी गुण पाइन्छ । यसको सेवन गरेमा घाँटीमा हुने दुखाई, सुन्निने समस्याबाट आराम मिल्ने छ ।यसको प्रयोग गरेमा प्रतिरक्षा प्रणाली बलियो हुन्छ र विभिन्न किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।

झाडापखाला

यदि तपाईलाई पटक–पटक झाडापखालाको समस्या हुन्छ भने मह र लसुनको पेष्ट प्रयोग गर्नुहोस् । यसको सेवन गरेमा पाचन प्रणाली ठीक ढंगले काम गर्न थाल्छ भने पेट सम्बन्धि कुनै पनि संक्रमण हुन पाउँदैन ।

फंगल इन्फेक्सनबाट राहत

यी दुईवटामा एन्टिब्याक्टेरियल गुण हुने गर्छ । जसले फंगल इन्फेक्सन हुनबाट बचाउँछ ।

मोटापना घटाउँछ

मह र लसुन मिलाएर सेवन गरेमा शरीरको तौल पनि कम हुन्छ । मोटोपनाबाट पनि छुटकारा मिल्छ ।

चिसोबाट राहत

महमा डुबाइएको लसुन सेवनबाट शरीरमा गर्मी उत्पन्न हुन्छ । यसकारण रुघाखोकी लगायत चिसोबाट लाग्ने रोगहरुबाट बच्न सकिन्छ ।

बनाउने तरिका

लसुनलाई हल्का तरिकाले कुट्ने । त्यसपछि त्यसमा शुद्ध मह मिलाउनुहोस् । यसलाई केही दिनका लागि यस्तो राख्नुहोस् । ताकी लसुनमा पूर्णरुपमा मह लागोस् । यसरी तयार पारिएको पेष्टलाई विहान खाली पेटमा ७ दिसम्म सेवन गर्नुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *