मृत्यु नजिकै आएपछि सिरानीमा दुई जना उभिन्छन्, यीनै हुन् यमदूत

२०७५ फाल्गुन २, बिहीबार २१:२१ गते २०७५ फाल्गुन २, बिहीबार २१:२१ गते २०७५ फाल्गुन २, बिहीबार २१:२१ गते

पृथ्वीमा जन्मिने प्रत्येक जीवको मृत्यु निश्चित छ। आत्मा अमर रहे पनि शरीरको त्याग निश्चित समयमा सबैले गर्नुपर्छ। प्राणीको अन्त्यलाई कुनै पनि शक्तिले रोक्न सक्दैन।

कुनै पनि प्राणीले चाहेर पनि मृत्युलाई जित्न सक्दैन। यद्यपी बाँचुञ्जेल मानिस यो सत्यलाई बिर्सिएर मनमा लागेके कुरा गर्छ। केही समयको खुशीकालागि मानिस अन्य मानिसलाई धोका, कष्ट, र हत्यासम्म पनि गर्न पछि पर्दैन। किनभने उसले वर्तमानलाई नै महत्वमा राखेको हुन्छ। भविष्यका बारेमा सोच्न उसलाई फुर्सद पनि हुँदैन।

जब समय आफ्नो हातबाट बाहिर जान थाल्छ, जीवनको अन्तिम घडीमा पुग्छ तब मानिसलाई जीवनभर आफूले गरेको गलत कामको सम्झना हुन थाल्छ। जब कुनै मानिस मृत्युको नजिक पुग्छ तब उ आफ्ना परिवारजनलाई चिन्नसमेत सक्दैन। तर, आफूले जीवनभर गरेको गलत काम एक एक गरी उनको सम्झनामा आउन थाल्छन्।

जब उसलाई शारीरिक पीडा हुन्छ, कष्टको अनुभव हुन्छ तब उनले जीवनभर गरेका गलत काम वा कुकर्मका बारेमा पश्चाताप हुन थाल्छ। उसको आँखाबाट आँशु आउन थाल्छ, तर त्यतिबेलासम्म ढिला भइसकेको हुन्छ।

जीवनमा गरिएका सबै राम्रा नराम्रा काम एक एक गरी आँखा अगाडि नाच्न थाल्छन्। गरुड पुराणका अनुसार जब मृत्यु नजिकै आउँछ तब व्यक्तिलाई यस्ता अनुभव हुन्छ की दुई जना उसको सिरानीमा उभिएका छन्। व्यक्तिले ती दुई जनालाई देख्न सक्छ, अनुभव गर्न सक्छ। यी दुई अरु कोही नभएर यमदूत हुन् जो व्यक्तिलाई यमलोकमा लैजान उभिएका हुन्छन्।एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *