बेहुलीको अनौँठो शर्त : गणितको परीक्षा पास गरेमात्र विवाहमा आउन पाइने

२०७५ फाल्गुन २, बिहीबार २२:२६ गते २०७५ फाल्गुन २, बिहीबार २२:२६ गते २०७५ फाल्गुन २, बिहीबार २२:२६ गते

यो दुनियाँमा जिनियस मानिसको कमी छैन। एकजना बेहुलीले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पार्दैछिन् ।

बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् ।

उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने कुर्सी पाउनेछन् ।

फेल भएमा उभिएरै रहनुपर्नेछ । आफू र हुनेवाला पतिसमेत गणितज्ञ भएको हुँदा आफ्नो बिहेलाई पनि गणितमय बनाउने उनको चाहना हो । त्यसैले उनले त्यो रोमाञ्चक योजना तय गरेकी छन् ।

तर उनले सोसल साइट रेडिटमा शेयर गरेको उक्त योजना धेरैलाई चित्त बुझेन । धेरैले यदि त्यस्तो शर्त तेर्साइएमा आफू बिहेको रिसेप्सनमा नआउने बताएका छन् । पाहुनाहरुलाई अनावश्यक तनाव दिएको उनीहरुको तर्क छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *