नङ किन फुल्छ ? कुन औलाको नङ फुल्दा के हुन्छ? जान्नुहोस, नङबाट तपाइको भाग्य, जानकारीको लागी पढौं र सेयर गरौ ।

२०७५ फाल्गुन ३, शुक्रबार ०६:१० गते २०७५ फाल्गुन ३, शुक्रबार ०६:१० गते २०७५ फाल्गुन ३, शुक्रबार ०६:१० गते

नङ किन फुल्छ ? कुन औलाको नङ फुल्दा के हुन्छ? जानीराखौ, नङबाट तपाइको भाग्य

केटाकेटी, युवायुवती वा बूढाबूढी सबैको औंलाको नङ फुलेको पाइन्छ। बालबालिकाहरू नङ फुले नयाँ लुगा लगाउन पाइन्छ भनेर रमाउँन्। के साँच्चै नङ फुल्नु सौभाग्यको सूचक हो त?

केही प्रचलित मिथक: हातका सबै नङ एकैपटक फुले त्यसले व्यक्ति ठूलो मानसिक संघर्ष झेल्दैछ र उक्त व्यक्ति भविष्यमा बिरामी पर्छ भन्ने संकेत गर्छ।

दायाँ वा बायाँ हातको बूढी औंलाको नङ फुले त्यसले निकट भविष्यमै प्रेम मिलनको संकेत गर्छ भने नङमा काला टिकाहरू देखिएविपरीत फल भोग्नुपर्ने हुनसक्छ।

साहिंली औंलाको नङ फुले मानसम्मान, धन तथा यश प्राप्तिको योग बन्छ। त्यसको विपरीत काला छिटाहरू देखिए अपमान, अपजस तथा बदनामीको सामना गर्नु पर्ने हुनसक्छ।

कान्छी औंलाको नङमा देखिने सेता दाग व्यापारमा लाभ तथा लक्ष्य प्राप्तिमा अनुकूलताको सूचक मानिन्छ। काला दागले भने त्यसको विपरीत फलको संकेत गर्छ।

चोरी औंलाको नङ फुले प्रेम विजय, मान-सम्मान तथा धन प्राप्तिको संकेत मिल्छ। यसको विपरीत काला छिटाहरू देखिए धन तथा मानहानि हुनसक्छ।

माझी औंलाको नङ फुले यात्राको योग परेको मानिन्छ। त्यसको विपरीत काला छिटाहरू देखिए यात्रामा नोक्सानी तथा दुर्घटनासमेत भोग्नुपर्ने संकेत मिल्छ।

नङ पहेंलो देखिए व्यक्ति स्वास्थ्यको दृष्टिले प्रतिकूल अवस्थामा रहेको मानिन्छ। यसैगरी रातो तथा नीलो रंग देखिनु पनि अशुभ मानिन्छ। फुलेको नङको प्रभाव बढीमा पाँच महिना रहन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *