होसियार!! पसिना आयो भनेर गोप्य अंगका रौं नकाट्नुस्, यस्तो वेहाल हुनसक्छ

२०७५ फाल्गुन ३, शुक्रबार १३:३२ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:३२ गते २०७५ फाल्गुन ३, शुक्रबार १३:३२ गते

सरसफाई स्वास्थ्यका लागि कति आवश्यक छ भनिराख्नु पर्दैन। सरसफाईका लागि नुहाउने, सफा लुगा लगाउने मात्रै होइन दांत माझ्नु, नङ, कपाल आदि छोट्याइराख्नु पनि उत्तिकै आवश्यक छ।

मानव शरीरमा गुप्ताङ्ग क्षेत्रमा अन्य ठाउँको तुलनामा बढी रौँ उम्रिने गर्छन् र त्यसबाट आउने पसिनाले त्यो क्षेत्र नै दुर्गन्धित हुने र संक्रमणको सम्भावना हुने भन्दै धेरै मानिसहरू गुप्ताङ्गको रौँ हटाउने गर्छन्।

यसका लागि वेक्सिङ, हेयर रिमुभर या रेजरको प्रयोग गरेर खौरने विकल्प अपनाउने गरिन्छ। तर शरीरको अन्य अङ्गको तुलनामा गुप्ताङ्गको रौँ खौरिंदा या अन्य माध्यमबाट हटाउँदा सफा देखिने त हुन्छ तर यसबाट हामीले सोच्दै नसोचेका बेफाइदा पनि हुने गर्छन्।

हेरौँ गुप्ताङ्गको रौँहरू काट्दा या हटाउँदा केकस्ता बेफाइदा हुन्छन्:

शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि बढी हुने गर्छ। मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् या अन्य माध्यम(वेक्सिङ या हेयर रिमुभर) प्रयोग गरेर हटाउने गर्छन्। तर, यसरी यहाँका रौं काट्नु या हटाउनु स्वास्थ्यका लागि हानिकार हुने एक अध्ययनले देखाएको छ । यसका पछाडि एक कारण छ, यहाँ रौं काट्नुभन्दा नकाट्नु नै फाइदा हुन्छ ।

गुप्ताङ्ग क्षेत्रका रौं काटेपछि तपाईलाई सफा र हलुका महसुश गर्नु हुन्छ होला तर, यहाँका रौं नकाट्ने मानिसको तुलनामा तपाइँलाई यौनजन्य संक्रमणको जोखिमको बढी खतरा हुने गर्छ ।

हालै अमेरिकामा १८ देखि ६५ वर्ष उमेर समूहका साढे ७ हजार भन्दा बढी मानिसहरूमा गरिएको एक अध्ययनले गुप्ताङ्ग क्षेत्रका रौं काट्ने मानिसहरूमा यौनजन्य संक्रमण खतरा ८० प्रतिशत भन्दा बढी रहेको देखाएको छ ।

शोधकर्ताका अनुसार गुप्ताङ्ग क्षेत्रका रौं खौरिनु वा छोट्याएमा छाला (त्वचा) फाट्न सक्छ जसका कारण भाइरस आदी सहजै हाम्रो शरीरमा घुस्न सक्छन् । त्यति मात्र हैन दाह्री काट्नका लागि एउटै औजार (ब्लेड) दुई जनाकाबीच साझा गर्दा एचआइभी संक्रमणका खतरा हुने जस्तै यो अध्ययनले यही नियम गुप्ताङ्गको रौं काट्न वा खौरिन प्रयोग हुने सामग्रीको हकमा समेत लागू हुने बताएको छ।

महिला हुन् या पुरुष एक किसिमले भन्ने हो भने यौनाङ्गका रौँ प्रकृतिद्वारा दिइएको वरदान नै हुन् । यी रौँहरू वास्तवमा भन्दा गुप्ताङ्गको सुरक्षाका लागि हुन्छन् । यी रौँहरूले कुसनको रूपमा गुप्ताङ्गलाई नरम आसन उपलब्ध गराउने मात्र होइनन् ब्याक्टेरियाबाट हुने संक्रमणबाट समेत जोगाउँछन् ।

झन् हेयर रिमुभल क्रिममा त कडा रसायन हुने भएकाले यस्ता सौन्दर्य सामग्रीको प्रयोगले दीर्घकालमा छालाजन्य संक्रमणको खतरा बढाइदिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *