ख्याल गर्नुस् ! साइलेन्ट हर्ट अट्याक अघि शरीरले दिन्छ यस्ता सामान्य पाँच संकेत

२०७५ फाल्गुन ३, शुक्रबार १४:२६ गते २०७५ फाल्गुन ३, शुक्रबार १४:२६ गते २०७५ फाल्गुन ३, शुक्रबार १४:२६ गते

हृदयघात पछिल्लो समय निकै बढेको छ। जीवनशैली, खानपान, वातावरणजस्ता कारणले युवादेखि वृद्धसम्मलाई हृदयघातको समस्या देखिएको हो । अझ तपाई यस्तो सोच्न पनि सक्नु हुन्न कि तपाईलाई थाहा नै नदिई हृदयघात हुन सक्छ । तर यस्तो हुन्छ, त्यसैले यसलाई साइलेन्ट हर्ट अट्याक भन्ने गरिन्छ ।

यो जोकसैलाई पनि हुन सक्दछ। मधुमेहका रोगीमा यो समस्या बढी देखिएको छ। साइलेन्ट हर्ट अट्याकमा हर्ट फेल हुने सम्भावना बढी रहन् छ। webmd का मेडिकल डाइरेक्टर Brunilda Nazario ले बताएकी छन्, साइलेन्ट हर्ट अट्याक र यसको कारणः

के हो साइलेन्ट हर्ट अट्याक ?

साइलेन्ट हर्ट अट्याकलाई साइलेन्ट मायोकार्डियल इन्फेक्शन silent myocardial infarction (SMI) भन्ने गरिन्छ । यसमा कुनै व्यक्तिलाई हर्ट अट्याक हुँदा छातीमा पीडा महशुस हुँदैन र हटै अट्याक हुन लागेको थाहा नै हुँदैन ।

अर्ट अट्याकको प्रारम्भिक संकेत

१. टाउकोमा हल्कापन लाग्नु ।

२ अचानक कमजोरी महशुस हुनु ।

३. गला, छाला र बायाँ हातमा पीडा हुनु ।

४. अचानक चिसो पसिना आउनु ।

५. सास फेर्न समस्या हुनु ।

साइलेन्ट हर्ट अट्याकका पाँच कारण

१. बढी चिल्लोयुक्त, बोसोयुक्त र प्रोसेस्ड खाना खानु ।

२. शारीरिक सक्रियता नहुनु ।

३. मदिरा र धुम्रपान सेवन

४. मधुमेह र मोटोपनको शिकार हुनु ।

५. स्ट्रेस र बढी तनावमा रहने गर्नु । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *