मुम्बइ – पछिल्लो समय बलिउडमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडीलाइ निकै रुचाइएको छ । बिबाह गरे लगत्तै यी जोडी निकै चर्चामा आइरहेका छन् ।
अहिले यी जोडीको एक नया खबर बाहिरिएको छ । प्रियंका चोपडा र निक जोनसको बिहे भएको २ महिना पुगेको छ । यही बीचमा प्रियंका गर्भवती भएको खबर बाहिरिएपछि बलिउडमा निकै अनेक कुराहरु चलिरहेको छ ।
यो कुरा कत्तिको साचो भन्ने पुष्टि भइसकेको छैन तर खबर भने निकै छिटो जताततै फैलिएको छ । केहि दिन अघि अभिनेत्रि प्रियंका र निकलाई फिल्म इजन्ट इट रोमान्टिकको स्क्रिङिमा देखिएको थियो । प्रियंकाको पारिवारिक स्रोतका अनुसार उनीहरुले अभिभावक बन्ने सोच बनाएको तर यो खबर सार्वजनिक गर्न भने चाहेका छैनन् ।
भारतिय मिडियाका अनुसार २०१८ उनीहरुको बिहेको लागि थियो र २०१९ उनीहरुको परिवार बढाउने योजनाको लागि हो । यद्यपि प्रियंका गर्भवती भएकै हुन् भन्ने पुष्टि भएको छैन ।
Views: 0