किन सेलाउँदै छ बम्जन काण्ड, वास्तविकता किन खोजिएन (भिडियो)
बारा । आफू ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जन विवादमा तानिए । उनको आश्रमबाट मान्छे हराउन थालेपछि हराएका व्यक्तिका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन् । तर, बमजनका पक्षधरले भने आरोप अस्विकार गरेका छन् ।
मध्य तराईको बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि ध्यान गरिरहेका कलिला रामबहादुर बमजनले सन् २००५ मा एकाएक चर्चा बटुले ।
त्यसबेला १६ वर्षीय बमजनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए । उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन् । उनले आश्रमबाट केही व्यक्ति बेपत्ता पारेको आरोप लागेको छ । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका थिए ।
बमजनको आश्रमबाट डोल्मो र चुन्मोलगायत अन्य आनी र चेला बेपत्ता भएको दावी गरिएको छ । तर बमजनका पक्षधरले भने यो आरोप अस्विकार गरेका छन् ।
बमजन वास्तवमै तपस्वी भएको र कुनै पनि गलत क्रियाकलाप गर्न नसक्ने कतिपयको दावी छ ।
१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए ।
तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास उनलाई हेर्न मात्र आउने आगन्तुक र भक्तजनहरूको भिड लाग्ने गरेको थियो ।
Views: 0