पशुपतिले शर्माले ल्याए ‘लुट्न सके लुट’ , यस्तै गितले हो समाज परिर्वतनमा टेवा पुराउने; सक्दो शेयर गरौ

२०७५ फाल्गुन ४, शनिबार ०८:३३ गते २०७५ फाल्गुन ४, शनिबार ०८:३३ गते २०७५ फाल्गुन ४, शनिबार ०८:३३ गते

काठमाडौं, ३ फागुन : बास्तबिक कथा बस्तुमा रहेर धेरै गीत गाउने गायक पशुपती शर्माको नयाँ गीत सार्वजनीक भएको छ । लुट्न सके लुट बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक यूटूब च्यानल मार्फत भिडियो सहित सार्बजनीक गरेका हुन्।

गितले सार्वजनिक भएको एक रातमै उत्कृष्ट प्रतिक्रिया सहित हजारौ दर्शक बनाउन सफल भएको छ । गितले देशको विकृति विरुद्ध खरो झापड हानेको छ ।

देशमा चलिरहेको घुसपिस , हत्या, हिंसा र बलात्कार जस्ता बिषयलाई पशुपतीले गीतमा समेटेका छन,यसो त पशुपती शर्माका प्राय गीत जनचेतना मुलक र ब्यांग्यात्मक हुने गर्दछन उनले यो गीत मार्फत पनि सरकारलाई गतीलो झटारो हानेका छन्।

गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ,गीतको म्युजिक भिडियोमा पशुपती शर्मा,मञ्जु बि।क र प्रज्योल भण्डारी देखीएका छन्। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन त्यस्तै छायांकन पनि दुर्गा पौडेलले नै गरेकाछन भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।

हेर्नुहोस भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *