लमही आँखा अस्पतालमा विरामीको चाप

२०७५ बैशाख २०, बिहीबार १५:३३ गते २०७५ बैशाख २०, बिहीबार १५:३३ गते २०७५ बैशाख २०, बिहीबार १५:३३ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २० वैशाख ।  देउखुरीको लमही आँखा अस्पतालमा आँखाका विरामीहरुको घुइचो लाग्ने गरेको छ । मौसम परिर्वतन सँगै आँखा पाक्ने, चिलाउने,मोतीया विन्दु लगायतका विरामीहरु आउने गरेको अस्पतालका प्राविधिक मिना थापा मगरले जानकारी दिएकी छिन् । आँखा अस्पतालमा दैनिक १ सय देखि १ सय ५० जना विरामी आउने गरेको अस्पताल स्रोतले बताएको छ । विरामीको चाप बढे पछि जेष्ठ नागरिक, अपाङगता भएकाहरुलाई लामो समय सम्म लाइनमा बसेर सेवा लिनु पर्ने बाध्यता रहेको विरामीहरुले बताएका छन् । अस्पतालमा विरामीको चाप बढे सँगै चिकित्सकहरुले विरामीहरुलाई आँखामा कुनै समस्या हुन साथ चेकअप गराउन सुझाव दिने गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed