पोखरामा उड्ने ट्याक्सी ! हेर्नुहोस कहाँ जान कति भाडा लाग्छ ? (भिडियो सहित)

२०७५ फाल्गुन ४, शनिबार १४:०८ गते २०७५ फाल्गुन ४, शनिबार १४:०८ गते २०७५ फाल्गुन ४, शनिबार १४:०८ गते

जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।

तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो।

थप दुई हेलिकप्टर अाएपछि भने यो कम्पनीले एयर ट्याक्सीको पनि सुविधा दिनेछ। ‘तत्कालको लागि साइट सिनको लागि सेवा दिन्छौं पछि हामी एउटा निश्चित एरिया निर्धारण गरेर दुई वटा हेलिकप्टर ल्याएर सेवा दिन्छौं अनि लाइट हेलिकप्टरलाई एयर ट्याक्सीमा रूपान्तरण गर्छौ’ पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ।

पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।

अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।

९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *