काठमाडौं । प्रहरीले अपराध कबुल गराउँनको लागि कत्तिसम्म यातना दिन सक्छ भन्ने कुराको पछिल्लो रहस्य खुलेको छ । पाकेटमार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई चोरी कबुल गराउँनको लागि एक युवकमाथि कोब्रा सर्प फ्यालिएको छ । यो घटना नेपालमा भएको भने होईन ।
इन्डोनेशीयामा भएको यो घटनाको अहिले संसारभर आलोचना भइरहेको छ । मानवअधिकार हनन गर्ने देशहरुको सुचिमा यो देशको प्रहरी पनि आउँने गर्दछ । चोरीको घटनामा यसरी यातना दिनु आफैंमा निन्दनीय भएको अन्तिराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले उनको घाँटीमा सर्पको माला लगाएर कत्ति मोबाइल चोरेको भन्दैं सोधपुछ गरेको भिडियोमा देख्न सकिन्छ ।.
जेलमा रहेका अन्य कैदीहरु भने प्रहरीको यो हर्कत देखेर खुब हाँसीरहेका छन् । संसारभर भएको तिव्र विरोध पश्चात ति प्रहरी अधिकारीलाई जागिरबाट निकालिएको पापुआ पुलिस के प्रवक्ता मुस्तफा कमालले एजेन्सीलाई जानकारी दिएका छन् ।
Views: 0