पत्नीले पोर्न स्टारको नक्कल गर्न नमानेपछि पतिले मरणासन्न हुने गरि कुटे

२०७५ फाल्गुन ४, शनिबार १५:५३ गते २०७५ फाल्गुन ४, शनिबार १५:५३ गते २०७५ फाल्गुन ४, शनिबार १५:५३ गते

एजेन्सी : कर्नाटकको एक स्कुलका एक शिक्षकमाथि पत्नीले उत्पीडनको मुद्दा दर्ता गराएकी छन्। शिक्षकमाथि पोर्नस्टारको नक्कल गर्न नमान्दा आफ्नी पत्नीलाई पिटेको आरोप लगाइएको छ। यो विषयमा प्रहरीले महिलाका नातेदार र उनका दुई छोरीसँगपनि सोधपुछ गरेको छ।

यो घटना बेंगलुरुको नेलामंगला इलाकाको हो। जहाँ आरोपी सरकारी स्कुलका शिक्षक हुन्। गत हप्ता शिक्षले आफ्नी पत्नीलाई एक पोर्न भिडियो देखाए र भिडियोको एक सिनको नक्कल गर्न भने।

तर पत्नीले पोर्न स्टारको नक्कल गर्न अस्वीकार गरिन्। र उनी कोठा बाहिर निस्किइन्। आफूले भनेको नमानेपछि रिसाएका शिक्षक राजेन्द्रले पहिला पत्नीको कपडा च्यातिदिए अनि टोकेर शरीर भरी घाउ बनाइ दिए।

प्रहरीका अनुसार शिक्षक त्यतिमै रोकिएनन्। त्यसपछि उनले पत्नीलाई पिट्न सुरु गरे। घटनापछि पत्नी रिसाएर माइत गइन्। जहाँ उनकी आमाले उनलाई अस्पतालमा भर्ना गराइन्।

डाक्टरले महिलालाई श्रीमानले पिटेको थाहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरे। त्यसपछि प्रहरी अस्पताल पुगेर महिलाको बयान लिए।
महिलाले प्रहरीसमक्ष आफ्नो श्रीमानको विचित्रको व्यवहारको खुलासा गरिन्। महिलाले श्रीमान फोनबाट उनको भिडियो बनाउने गरेको पनि बताइन्।

ती महिलाका अनुसार लामासमयसम्म उनले यस कुरालाई वास्ता गरिनन्। तर एक दिन जब उनी नुहाउँदै गरेको भिडियो बनाउन थाले तब उनी चकित बनिन्। त्यसपछि महिलाले त्यो रातको सबै कहानी सुनाइन्।

प्रहरीले आरोपी राजेन्द्र विरुद्ध मुद्दा दर्ता गरेका छन्। प्रहरीका अनुसार पीडित पक्षबाट लगाएको आरोप गलत पनि हुन सक्छ किनभने जब काउन्सलरमार्फत महिलाकी ११ र १३ वर्षीया छोरीसँग कुरा गर्दा महिलाले लगाएको सम्पूर्ण आरोप लगत भएको बताएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *