यसरी राख्नुस खुट्टालाई सधै सफा र सुरक्षीत : हेर्नुहोस सजिला उपाए हरु

२०७५ फाल्गुन ४, शनिबार १६:३१ गते २०७५ फाल्गुन ४, शनिबार १६:३१ गते २०७५ फाल्गुन ४, शनिबार १६:३१ गते

काठमाडौं, फागुन ४ । जाडो मौसममा हातगोडा फुट्ने, फुस्रोहुने समस्या धेरै देखिन्छ । जाडोको समयमा हामीले अनुहार र हातको सौन्दर्यमा ध्यान दिएपनी खुट्टाको सौन्दर्यमा ध्यान त्यती दिदैँनौ तर यो एकदम गलत हो जसरी हामी अनुहार र हातको सौन्दर्यमा ध्यान दिन्छौँ त्यती नै खुट्टाको सौन्दर्यमा ध्यान दिनु जरुरी हुन्छ ।

हाम्रो अनुहार र हात मात्र सुन्दर भएर खुट्टा नराम्रो भएमा हाम्रो सौन्दर्यमा केही न केही कमी भएको देखिन्छ । जाडो मौसममा अनुहार, हातखुट्टाको को छाला फु्ट्ने, फुस्रो हुने र चमक हराउँने हुन्छ ।

बिशेष खुट्टा फुट्नुको मुख्य कारण भनेको खुट्टामा पसिना उत्पन्न गर्ने ग्रन्थी सक्रिय नहुनु हो । साथै धूलो, माटो र नराम्रो साबुनको प्रयोगले पनि हात र खुट्टाको छालामा असर पर्छ । खुट्टाको देखभाल राम्रो नभए कुर्कुच्चा फुट्ने र दुख्ने हुन्छ । जाडोमा खुट्टालाइ कसरी सुरक्षा गर्न सकिन्छ केही घरेलु टिप्सहरु तल दिईएको छ ।

हरेक दिन कम्तीमा पनि ८ देखि १० गिलास पानी पिउने गर्नुपर्छ। साथै कैफिन र मादकपदार्थ सेवनबाट टाढा बस्नु पर्छ । किनकी यस्ता वस्तुले शरीरमा पानीको मात्रा कम गर्छ। खुट्टामा जमेको धुलो माटो वा फोहोरलाई सफा गर्न एउटा टबमा मन तातो पानी लिने र त्यसमा ३ चम्चा नुन राख्ने । त्यसपछि सो पानीमा खुट्टालाई २० मिनेटसम्म डुबाउने । यसो गर्नाले खुट्टा सफा हुनुका साथै नरम पनि हुन्छ ।

सकेसम्म खुट्टालाई जाडो मौसममा नरम बनाइ राख्नु पर्छ । त्यसका लागि राम्रो मोइस्चराइजर लगाउने र सुतिको मोजा लगाउनु पर्छ । राम्रो परिणामका लागि लोसनको सट्टा प्राकृतिक तेल प्रयोग गर्ने। सँधै आरामदायक जुत्ता वा चप्पलको प्रयोग गर्ने । जसले खुट्टा फुट्नबाट जोगिन्छ ।

खुट्टाको मृत कोषहरूलाई निकाल्न प्युमेस नामक ढुंगाको प्रयोग गर्ने। यसले कडा छाला निकाल्नमा मद्दत गर्छ। खुट्टाको छालामा समस्या हुन नदिन तथा खुट्टा नरम बनाउन कागती काटेर रगड्ने गर्नुपर्छ। हप्तामा कम्तीमा एक पटक यसो गरे छाला सम्बन्धी समस्या हराएर जान्छ।

खुट्टालाई प्रत्येक रात मन तातो पानीले सफा गर्ने र राम्रोसँग सुकाएर लोसन लगाउने गर्नुपर्छ । यसो गरे खुट्टा नरम र मुलायम हुन्छ। सुख्खा छालालाई कैँची वा चक्कुले काट्ने जस्ता काम कहिल्यै पनि गर्नु हुँदैन । यस्ता क्रियाकलापले छालामा संक्रमण हुन्छ।

खुुट्टामा प्राकृतिक तेलको प्रयोग गर्नुपर्छ। तेल लगाएर हल्का हातले रगड्दा कठोर छाला मुलायम हुन्छ र चम्किलो तथा सुन्दर देखिन्छ खुट्टालाई धूलो र माटोबाट जोगाउने। यसका लागि मोजा, जुत्ता र चप्पलको प्रयोग गर्ने । साथै राती सुत्ने बेलामा खुट्टामा तेल लगाउने र मोजा लगाएरै सुत्ने ।

कुर्कुच्चा फुट्ने समस्या छ भने राती सुत्नु भन्दा पहिले खुट्टालाई तातो पानीमा केही समय राख्ने । यसले खुट्टा नरम हुनुका साथै खुट्टाको थकान पनि कम हुन्छ । एक चम्चा तेलमा दुई चम्चा चिनी मिसाएर हात र खुट्टामा लगाएर रगड्नाले पनि हात र खुट्टा नरम हुन्छ । त्यसका लागि सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *