पशुपति शर्माले रुदै भने ज्यान मार्ने धम्की आयो ? सरकारले भन्यो को हो पशुपति शर्मा हामी चिन्दैनौं(हेर्नुहोस भिडियो)

२०७५ फाल्गुन ६, सोमबार १२:१४ गते २०७५ फाल्गुन ६, सोमबार १२:१४ गते २०७५ फाल्गुन ६, सोमबार १२:१४ गते

लोकदोहोरी गायक पशुपति शर्माले गीत ‘लुट्न सके लुट’ गीत आपत्तिजनक नभएको बताएका छन् । फोन संवादमा पशुपतिले गीत ‘व्यंग्य’ भनेर प्रस्ट लेख्दा पनि यसको बिरोध भएको बताए ।

गीत हटाउन युवा महासंघका कार्यकर्ताले दबाब दिएको उनले बताए ।‘उहाँहरुले गीतको आपत्तिजनक भएको भन्नुभयो,’ शर्माले भने, ‘अफ्ठेरो होला भनेर मैले हटाएँ ।’

तर, शर्मा गीत व्यंग्यात्मक र बिम्बको प्रयोग गरेर रचना गरिएको बताउछन् । ‘राष्ट्रपति ज्यूको गाडीको लाइन रच्दा मैले आमालाई बच्चाले पिराएको जस्तो हुने गरी लेखेको थिएँ,’ उनले भने । उनले थपे,‘विकास नहुने विषयमा ‘यमराजको शासन’ भन्ने शब्द बिम्बात्मक थियो । किनभने बा, बाजेले स्वर्गमा इन्द्रको शासन छैन भन्नुहुन्थ्यो, मैले यमराजको शासन जस्तो भन्न खोजेको हो, व्यक्तिगत रुपमा कसैप्रति लक्षित थिएन ।’

उनले प्रस्ट्याए, ‘मैले कार्यकर्तालाई कुकुर भनेको होइन्, कुकुर बानी मालिकले भनेको मान्ने हुन्छ, हामी सचेत छौ, सहीलाई सही गलतलाई गलत भन्न कार्यकर्ताले सक्नुपर्छ मात्र भनेको हुँ ।’ पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट’ मा उनी आफै फिचर्ड छन् ।

उनले यो गीत आफ्नो च्यानलबाट सार्वजनिक गर्दा यो गीत व्यंग्य भएको प्रस्ट लेखेका थिए । गएको बिहीबार अपलोड भएको गीत सनिबार साँझ उनले फेसबुकमा स्टेटस लेखेर हटाएका थिए । उनको च्यानलबाट गीत हटेको भएपनि अरु नागरिकले यो गीत फेरी युट्युबमा अपलोड गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed