एजेन्सी । भुतको बारेमा विवाद हुँदै आएको छ । विज्ञानले भुतको अस्तित्व नभएको दाबी गरिरहँदा समाजका केही घटनाले भुतप्रेतमाथि अन्धविश्वास कायमै राखेको पाइन्छ । हालै युट्युबमा जारी गरिएको एउटा भिडियोले भुतको अस्तित्व देखाएको मात्र होइन, विज्ञानलाई नयाँ चुनौती दिएको छ ।
करिब एक मिनेटको सो भिडियो एउटा अस्पतालको सिसिक्यामेराले खिचेको बताइन्छ । अस्पतालमा एक्लै हिडिरहेका एक युवकको सामू एक्कासी एउटा छायाँ आउँछ ।
छायाँ देख्नासाथ ती युवक तर्सिएर भुइँमा लड्छन् । यत्तिकैमा त्यो छायाँले युवकको खुट्टा समातेर घिसार्दै पर लैजान्छ र केहीबेरपछि ती युवक उम्कन सफल हुन्छन् ।
उक्त भिडियो एक लाखभन्दा बढीले हेरिसकेका छन् । डेली मेलका अनुसार उक्त भिडियोसम्बन्धी समाचार प्रकाशित भएपछि कतिपयले आफ्नो विगतमा समेत यस प्रकारको घटना भएको तर कसैले नपत्याएका कारण थप उजागर गर्न नसकेको प्रतिक्रिया जनाएका छन् ।
कासान्ड्रा जोर्डन नाम गरेकी एक महिलाले आफू ‘टिन एज’ कै हुँदा यस प्रकारकै कालो छायाँ भएको अदृष्य शक्तिबाट पीडित भएको बताएकी छन् ।
उनका अनुसार रातो आँखा भएको त्यो शक्तिको पूर्ण रुप भने देखिएको थिएन । अस्पतालको भनिएको सो भिडियोमा समेत उक्त छायाँको पूर्ण रुप र आकार देखिएको छैन ।
तर ती युवकलाई घिसारेर लगेको र आक्रमण गरेको दृष्य भने प्रष्ट देखिन्छ । भिडियो कहाँको हो र पीडित को हो भन्ने पनि खुलाइएको छैन ।
https://video.dailymail.co.uk/video/1418450360/2014/05/1418450360_3532835016001_SCARY-GHOST-VIDEO—-Aggressive-Spirit-Attacks-Man-Caught-On-Tape.mp4?_=1
Views: 0