भारतमा बेचिएका १९७ जनाको उद्दार पछि नेपाल फर्काइँदै

२०७५ फाल्गुन ६, सोमबार १३:४४ गते २०७५ फाल्गुन ६, सोमबार १३:४४ गते २०७५ फाल्गुन ६, सोमबार १३:४४ गते

काठमाडौं, ६ फागुन । भारतमा बेचविखनमा परेका महिला र पुरुषलाई समेत ठूलो मात्रामा उद्दार गरिएको छ । भारतीय प्रहरी र त्यहाँ महिलाका क्षेत्रमा कार्यरत संघ संस्थाको सहकार्यमा माइती नेपालले उनीहरुलाई उद्दार गरेको हो ।

भारतको बाटो हुँदै म्यानमारसँगको सिमावर्ति क्षेत्रमा पर्ने मणिपुरबाट इराक, दुबईलगायतका देशमा मानव तस्करी हुँदै आएको पाइएपछि भारतिय प्रहरीले उद्धार कार्य शुरु गरेको हो ।

यी घटनामा एक जना महिलासहित ९ जना आरोपी पनि पक्राउ परेका छन्। यसरी उद्दार गरिएका १९७ जना नेपालीलाई स्वादेश फर्काइने भएको छ । काकडभिट्टाको पानीट्यांकी नाका सोमबार हुँदै उनीहरुलाई नेपाल प्रवेश गराइने भएको हो।

नेपाल फर्काइनेमा १४७ जना महिला र ३२ जना पुरुष रहेको बताइएको छ । भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार भएका उनीहरुलाई नेपाल र भारत सरकारको संयुक्त पहलमा नेपाल फर्काउने तयारी गरिएको हो।

माइती नेपाललाई आएको सूचनाका आधारमा भारतीय प्रहरी र संघसंस्थाको पहलमा दुइ साता अघि सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो।

त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको खुलासा गरे पछि प्रहरीले अनुसन्धानको दायरा बढाएको हो । दिल्लीबाट उद्धार गरिएकाहरु भने माघ २५ गते काठमाडौं आइसकेका छन्।

यसपछि पनि आफ्नो रेस्क्यु अपरेसनलाई जारी राखेको भारतिय प्रहरीले मणिपुर शहरका छुट्टा छुट्टै ठाउँबाट यति ठूलो संख्यामा नेपालीको उद्धार गरेको यो पहिलो पटक हो।

मानव तस्करीको यस प्रकारको भयाभह घटनामा सम्लग्न गिरोहहरुलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गरी पिडितलाई स्वदेशमै रोजगारीको ब्यवस्था गर्न संस्थाले सरकारसँग माग गरेको छ।

स्वदेश फिर्ती पछि ती ब्यक्तिहरुलाई पुनस्र्थापना गृहबाट पुनस्र्थापना र पारिवारिक पुनर्मिलनका सेवाहरु प्रदान गरिने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । पुनस्र्थापना कार्य भित्र स्वास्थ्य सेवा, कानुनी परामर्श, सिपमुलक तालिम र रोजागरको ब्यवस्था समेत गरिने भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed