ओमप्रकाश गुप्ता
भालुवाङ २३ वैशाख । राप्ती गाउँपालिका भित्रका होटल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छताको आधारमा स्तरीकरण सम्वन्धी अभिमुखीकरण कार्यक्रम आइतवार लालमटियामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका र होटल ब्यवसायी समिति लालमटियाको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाण्डौको आयोजनामा राप्ती गाउँपालिका भित्रका होटल ब्यवसायीहरुको संगठन होटल ब्यवसायी समितिका पदाधिकारी तथा होटल ब्यवसायीहरुलाई दिइएको अभिमुखीकरण कार्यक्रममा कस्ता होटल सञ्चालन गर्न पाइने वा होटल ब्यवसायीहरुले अपनाउनु पर्ने नियम तथा गुणस्तरताको वारेमा जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्य सुरक्षा तथा खाद्य सुरक्षाका हिसावले अपनाउनु पर्ने नियमहरुको वारेमा कार्यक्रममा छलफल गरिएको छ । राप्ती गाउँपालिकाले हालै स्वीकृत गरेको, खाद्य स्वच्छता, मासु जन्य पदार्थ उत्पादन,प्रशोधन तथा विक्रि वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिकाबाट गरिने बजार अनुगमन कार्यविधि २०७५, लाई कार्यान्वयको पक्षमा लैजादै गर्दा होटल ब्यवसायलाई पनि राम्रो बनाउदै लैजाने उदेश्यले अभिमुखीकरण गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् । खाद्य स्वच्छता, मासु जन्य पदार्थ उत्पादन,प्रशोधन तथा विक्रि वितरण मापडण्ड निर्देशिका २०७४, गाउँपालिकाबाट गरिने बजार अनुगमन कार्यविधि २०७५, अनुसार होटलको स्तरीकरण समेत गरी प्रत्येक होटलमा संकेत राखिने हुँदा होटल व्यवसायीहरुले राम्रो बनाउन प्रेरित हुने छन् जसले आम नागरिक तथा सेवाग्राही लाभान्वीत हुने राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताएका छन् ।
Views: 0