अख्तियारको आडमा ७८ लाख घुस लिने पूर्वआयुक्तमाथि छानबिन सुरु, को-को फस्दैंछन् ?

२०७५ फाल्गुन ८, बुधबार १२:२९ गते २०७५ फाल्गुन ८, बुधबार १२:२९ गते २०७५ फाल्गुन ८, बुधबार १२:२९ गते

काठमाडौं । भ्रष्ट्राचार नियन्त्रण गर्ने निकायमा पुगेर घुस खानेमाथि छानविन हुने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टातार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पठकपविरुद्ध छानबिन थालेको छ ।

आयोगको मंगलबार बसेको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो र पाठकले भक्तपुरको चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ ।

भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए । पाठकको राजीनामा स्वीकृत भएको चार दिनपछि आयोगले अनुसन्धान अधिकृत तोकेर छानबिन थालेको जानकारी प्रवक्ता रामेश्वर दंगालले दिए । ‘पाठकमाथि लागेको आरोपमा अनुसन्धान समिति बनाएर छानबिन थालिएको छ,’ दंगालले भने, ‘नेपाल इञ्जिनियरिङ कलेज घुस प्रकरणमा केन्द्रित भएर अनुसन्धान हुनेछ । यस क्रममा अन्य अनियमितताका विषय फेला परे त्यसमा पनि छानबिन हुन्छ ।’

उनीमाथि छानविन सुरु भएसँगैं विभिन्न राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरु पनि फस्न सक्ने जनाइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *