काठमाडौं । नेपालमा त होईन तर पश्चिमा देशहरुमा मंगलबार राती चन्द्रमा पृथ्वीको ४९ हजार चार सय दुई किलोमिटर नजिक आयो । खगोलीय भाषामा यसलाई सुपर स्नो मून भन्ने गरिएको छ । तर तपाईलाई जानकारी गराउँ यसलाई अमेरिकामा हंगर मून पनि भन्ने गरिन्छ ।
यो खगोलीय घटनाको क्रममा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक (३,५६,८४६ किमी) आयो जसका कारण चन्द्रमा अरु दिनभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत बढी चम्किलो देखिन गयो । अर्को कुरा के भने, चन्द्रमा धर्तीभन्दा ३ लाख ८४ हजार किलोमिटर टाढा छ ।
नासाका अनुसार मंगलबार दिउँसो २ बजेर ४९ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । यस्तै, फूल मून भने नेपालबाट ९ बजेर ३९ मिनेटमा देखिएको थियो दिनमा भएका हुनाले यसको प्रभावमा नेपाल लगायतमा देशमा देखिएन ।
सुपर स्नो मून शब्दको प्रयोग अमेरिकी र युरोपेली नागरिकले सबैभन्दा पहिले गरेका थिए । वास्तवमा, यसलाई फेब्रुअरीमा पर्ने हिउँसँग जोडिएको थियो । चिसो मौसममा अमेरिका–युरोपमा खाद्यान्नको कमी हुने भएकाले पनि यसलाई सुपर हंगर मून भनिएको केही जानकारहरु बताउँछन ।
अब अर्को सुपर मून यही मार्च २० मा देखिनेछ । यतिबेला चन्द्र सूर्यभन्दा (३६०७७२) किलोमिटर टाढा हुने भएको छ । हिजो देखिएको सुपर स्नो मूनभन्दा ३९२६ किलोमिटर टाढा नै रहनेछ । यसअघि यसै जनवरीमा सुपर ब्लड मून देखिएको थियो । नासाका अनुसार अर्को सुपरमून ७ वर्षपछि अर्थात् २०२६ मा देखिनेछ । एजेन्सी
Views: 0