संसारकै शक्तिशाली राष्ट्रका प्रमुखको सुरक्षा पछिलो समय निकै चुनौती पूर्ण बन्दै गएको छ । बिभिन्न खाले आन्तरिक तथा वाह्य आतंकवादका कारण शक्तिशाली राष्ट्रका प्रमुखको सुरक्षालाई ध्यानमा राखी उनीहरुले चढने गाडीलाई विशेष तरिकाले बनाउन थालिएको छ । उनीहरुले चड्ने कार संसारकै महंगो कार मध्यमा पर्दछ ।
विश्वमा दिनप्रतिदिन बढ्दै गईरहेको आतंकबादले गर्दा शक्तिशालि देशका राष्ट्रप्रमुखलाई बढी डर हुनेगरेको छ । आतंककारीहरुको निसानामा समेत उनीहरुनै हुनेगरेका छन् । त्यसैले शक्तिशाली राष्ट्रहरुले आफ्नो देशको प्रमुखको सुरक्षार्थ महंगो कारहरु उपलब्ध गराउने गरेको छ ।
विश्वको सवैभन्दा शक्तिशाली मानिएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाको लागी बिशेष प्रकारको र महंगो कार उपलब्ध गराईको छ । विश्वमा राष्ट्रप्रमुखमाथी घटेका अधिंकाश कार विस्फोट, कार दुर्घटना जस्ता गतिविधीबाट हुनेगरेका छन् ।
त्यसैले पनि शक्तिशाली राष्ट्रप्रमुखका लागी बढी सुविधाजन्य र बढी सुरक्षा प्रदान गर्न सक्ने कारको व्यवस्था गरिएको छ । हेरौ अमेरिकाका राष्ट्रपति देखि लिएर भारतका प्रधानमन्त्री सम्मले कस्ता कार चढ्दा रहेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने कार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चढ्ने गाडी अमेरिकी मोटर निर्माता जनरल मोटर्स कम्पनीको उत्पादन हो । विश्वका धेरै प्रतिष्ठित व्यक्ति चढ्ने महंगा ब्रान्डका गाडी यो कम्पनीले उत्पादन गर्ने गर्छ ।
यसमध्येपनि द बिस्टका नामले चर्चित सबैभन्दा महंगो ‘क्याडिलाक वान’ ट्रम्पले चढ्ने गरेका छन । बिशेष तरिकाले बनाएको यो गाडी जतिसुकै मुल्य तिरेपनि अन्य सर्वसाधारणले भने पाउँदैनन् ।
त्यसो त अमेरिकी पूर्वराष्ट्रपतिहरु समेत यस्ता बिशेष प्रकारको कार चढ्ने गरेका थिए । यद्यपी यो कार भने पूर्वराष्ट्रपति चढ्ने कारभन्दा १५ मिलियन बढि खर्चेर बनाईएको बिशेष प्रकारको कार हो ।
यसमा आपतकालिन अवस्थमा आवस्याक हुने हातहतियार, खरखजनादेखी स्वास्थ्यउपचारका सामानहरुसमेत बिशेष प्रकारले राखिएका हुन्छन ।
यो कारको बाहिरी बनावट ठूला बम हमलाहरू सहने मात्रै होइन, बायोलोजिकल र केमिकल आक्रमणले समेत केही गर्न नसक्ने खालको हुन्छ ।
रासायनिक आक्रमणमा परी श्वास फेर्न नमिल्ने अवस्था आए भित्रैबाट निकाल्न मिल्ने गरी गाडीको डिक्कीमा अक्सिजन सिलिन्डर राखिएको छ । त्यहाँ आगो निभाउने उपकरण र आगलागीबाट बच्न आवश्यक अन्य सामग्री पनि राखिएको हुन्छ । चा
लकसिटनजिकको बाहेक यो गाडीमा भएका अन्य कुनै पनि झ्याल खुल्दैनन् । चालकको झ्याल पनि जम्मा ३ इन्च तलसम्म मात्र खुल्छ । यो व्यवस्था गर्नुको कारण हो, आवश्यक पर्दा सँगसँगै हिँडिरहेका ‘सेक्रेट सर्भिस एजेन्ट’ र गाडीचालकबीच कुराकानी हुन सकोस् ।
गाडीको अगाडिपट्टि नाइटभिजन क्यामेरा जडान गरिएको छ, जसकारण जस्तोसुकै अँध्यारोमा पनि चालकले अगाडि भएको स्क्रिनमा हेर्दै सजिलोसँग गाडी कुदाउन सक्छन् ।
ट्रम्पको गाडीको स्टेरिङ अन्य गाडीको जस्तै सामान्य नै छ, तर ड्यासबोर्डमा भने स्याटलाइट फोन र जिपिएस ट्र्याकर जडान गरिएको छ ।
‘इमरजेन्सी मोड’मा नियमित सम्पर्क हुन सक्छ भने गाडी कहाँ छ भनेर ‘सेक्रेट सर्भिस एजेन्सी’को हेडक्वार्टरमा निरन्तर जानकारी भइरहन्छ ।
हावाविना गुड्ने यो गाडीको टायर केभ्लर फाइबरबाट बनाइएको हो । यसका टायरहरू पङ्चर हुने, च्यातिने, छेडिनेलगायत हुँदैन । कुनै विस्फोट गराएर गाडीको टायर धुजाधुजा बनाइयो भने पनि टायरभित्र विशेष किसिमका स्टिल रिम हुन्छन्, जसले गर्दा गाडी विनासमस्या कुदिरहन्छ ।
कुनै परिस्थितिमा भिड एकत्रित भएर गाडी रोक्ने प्रयास भए परिस्थिति नियन्त्रणमा लिन गाडीको अगाडि अश्रुग्यास प्रहार गर्ने केही थान बन्दुक पनि राखिएको छ ।
यतिले समस्या समाधान नभए थप बल प्रयोग गर्न गाडीभित्रै केही थान बन्दुक र एउटा सटगनसमेत राखिएको छ ।
चीनका राष्ट्रपति शी जिनपिङले चढने कार
चीनका राष्ट्रपति शी जिनपिङले चढने कार पनि संसारकै महंगो कार मध्येमा पर्दछ । एफएडब्ल्यू ग्रुपले निर्माण गरेको उक्त कारको मुल्य झन्डै ९ करोड रुपैयाँ पर्ने बताईएको छ ।
उक्त कारको नाम हॉन्क्वी लिमोजिन राखिएको छ । हॉन्क्वीको अंग्रेजी अर्थ ‘रेड फ्लैग’ हो । हॉन्क्वी लिमोजिनको इन्जिन टर्बो चार्जर्ड वी ८ पावरको हुने गर्दछ । यस कारले ८ सेकेन्डमा १०० किमिको दुरी तय गर्न सक्छ ।
बेलायतकी महारानी एलिजाबेथ द्धितीयले चढ्ने कार
बेलायतकी महारानी एलिजाबेथ द्धितीयले स्टेट लिमोजिनमा यात्रा गर्ने गर्दछिन् । यो कार संसारकै महंगो र सुरक्षित कार मध्येमा पर्दछ ।
महारानी एलिजाबेथ द्धितीयले चढ्ने कारको बडी पैनल र सिशाले बनेको भएपनि बुलेट प्रुफ रहेको छ । उक्त कारको टायर ब्लास्ट रेजिस्टेंट रहेको छ । यस कारको मुल्य लगभग १६ करोड रहेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने कार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बीएमडब्ल्यू ७ सीरिज ७६० एलआई सिक्युरिटी एडिशनमा यात्रा गर्ने गर्दछन ।
घाताक एके–द्धठ जस्ता हतियारले समेत उक्त गाडी आक्रमण भए भित्र बस्ने मानिसलाई कुनै खालको असर गर्दैन ।
यसमा एड्भन्स हिट सेन्सर हुने गर्दछ जसले बम र मिसायलबाट बचाउँछ । यस कारको मुल्य झन्डै २० करोड रुपैयाँ रहेको छ ।
Views: 0