धुर्मुस सुन्तली फाउण्डेसनमा खुल्यो रोजगारी ! यसरि भर्नुहोस फारम…

२०७५ फाल्गुन ९, बिहीबार १८:११ गते २०७५ फाल्गुन ९, बिहीबार १८:११ गते २०७५ फाल्गुन ९, बिहीबार १८:११ गते

काठमाण्डौ – हास्यकलाकार सीतारम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले स्थापना गरेको धुर्मुस सुन्तली फाउण्डेसनमा जागिरका लागि आवेदन खुलेको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनले खुल्ला गरेको आवेदनमा प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजर, एचआर म्यानेजर, फाइनान्स म्यानेजर, प्रोडक्सन म्यानेजर, आईटी म्यानेजर, सोसल मिडिया एक्स्पर्ट, सिभिल तथा आर्किटेक इञ्जिनियर,साइट इञ्चार्ज, इन्टेरियर डिजाइनर, एक्जि क्युटिभ सेक्रेटरी, आईटी अफिसर, पब्लिक रिलेसन अफिसर, क्यामरा पर्सन, एक्जिक्युटिभ असिस्टेन्ट लगायतका २३ शीर्षकमा नेपाली नागरिक भएका तथा अनुभवी व्यक्तिहरुको माग गरेको छ ।

बहुआयामिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेसनका लागि विभिन्न २३ वटा शीर्षकमा आवेदन खुलाइएको हो । आवेदन भर्न चाहने नेपालीहरुले merojob.com/project-manager-269/ मा गएर आवेदनभर्न सकिने छ । जागि रका लागि आवेदन दिँदा आफूले लिन चाहेको मासिक तलब पनि उल्लेख गर्नु पर्ने बताइएको छ ।

‘नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणसँगै नेपालीहरुलाई आत्मनिर्भर बनाउनु पनि हाम्रो उद्धेश्य हो, र हामी त्यसैका लागि अघि बढिरहेका छौँ’, धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले भने । चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ विभिन्न कार्यक्रमहरुको आयोजना हुँदै आएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *