६० कटेकाले चलाएको देश, युवाको पालो कहिले ? (हेर्नुहोस भिडियो रिपोर्ट)

२०७५ फाल्गुन १०, शुक्रबार १२:२७ गते २०७५ फाल्गुन १०, शुक्रबार १२:२७ गते २०७५ फाल्गुन १०, शुक्रबार १२:२७ गते

काठमाडौं । कानुनी रुपमा ५८ बर्ष पुगेपछि नेपालमा जागिरबाट अनिवार्य अवकाश पाउँछ । ५८ कटेपछि देशको श्रम गर्न सक्दैंन भन्दै राज्यले उनीहरुलाई सम्मान गर्दै आराम गर्न लगाउँछ । ५८ कट्दासम्म उनीहरु हजुरबा हजुरआमा भईसकेका हुन्छन् ।

रिटार्यड भएपछि उनीहरु घर परिवारलाई सल्लाह दिने काम गर्छन् । नेपालको कानुन र ब्यवहारिक रुपमा स्थापित मान्यतालाई मिसाएर बुझ्ने हो भने पुरुष ५०–५५ र महिला ४५–५० मा नै हजुरबा–हजुरआमा बन्छन् । यस हिसावबाट हेर्ने हो भने अपवाद बाहेक नेपालका सबै नेताहरु हजुरबा–हजुरआमा बनिसकेका छन् ।

सरकारी जागिरको हिसावलाई राजनीतिसँग जोड्ने हो भने अधिकांश राजनीतिज्ञ बृद्ध भत्ता खाने उमेरका छन् । नेपालको प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु ६० कटेका बृद्धबद्धा नै छन् ।

सत्तारुदल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, मधेशवादी दल लगायत सबै राजनीतिक पार्टी प्रमुख लिडरहरु ६० कटेका नै छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ६६ वर्षका छन् । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ६५ वर्षका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७३ बर्ष पुगेका छन् । देउवाभन्दा उनका प्रतिद्धन्दी नेता रामचन्द्र पौडेलको उमेर दुई बर्षले बढी छ । अर्थात रामचन्द्र पौडेल ७५ बर्ष भए । यसरी हेर्दा नेपाल बृद्धहरुले नै चलाएको छ । थप तलको भिडियो रिपोर्टमाः

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed