सावधान! फेसबुकमा यस्ता सामान्य काम गर्दा अब पाँच वर्ष जेल १० लाख जरिवाना

२०७५ फाल्गुन १०, शुक्रबार १४:३२ गते २०७५ फाल्गुन १०, शुक्रबार १४:३२ गते २०७५ फाल्गुन १०, शुक्रबार १४:३२ गते

सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ भने अब होस् गर्नुस है ।

रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान गर्नुभएको छ भने अब तपाईलाई कडा कारवाही हुन सक्छ। रमाइलोको लागि त हो नि, त्यो मेरै मान्छे हो भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ।

सरकारले सङ्घीय संसद्मा पेश गरेको र बुधबारदेखि छलफलसमेत सुरु भएको ‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ।

विद्युतीय माध्यमलाई सभ्य, मर्यादित एवं व्यवस्थित बनाउने लक्ष्यका साथ सरकारले उक्त विधेयक सङ्घीय संसद्‍मा प्रस्तुत गरेको हो।

सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने गरे त्यस्तो क्रियाकलापलाई विधेयकले दण्डनीय अपराध मान्दै कारवाहीको भागीदार बन्नुपर्ने विषयलाई स्पष्टसँग व्याख्या गरेको छ।

कोही कसैलाई होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य भए, गराए कसुरदारलाई कसुरको मात्रा हेरि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षको कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *