प्रदेश पाँचको स्थीय राजधानी देउखुरी बन्छ, सांसद थारु

२०७५ बैशाख २७, बिहीबार १४:२५ गते २०७५ बैशाख २७, बिहीबार १४:२५ गते २०७५ बैशाख २७, बिहीबार १४:२५ गते

ओमप्रकाश गुप्ता
देउखुरी २७ वैशाख । प्रदेश नम्बर ५ का सांसद इन्द्रजित थारुले प्रदेशको स्थायी राजधानी देउखुरीमा नै हुने बताएका छन् । राप्ती गाउँपालिकाको विहिवार भएको दोस्रो गाउँसभालाई उद्घाटन गर्दै सांसद चौधरी सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेको सांसद चौधरीले अहिले संसदमा स्थीय राजधानी दाङको देउखुरी क्षेत्र अन्र्तगत लमही नगरपालिका र राप्ती गाउँपालिकालाई छुने गरी राजधानी ल्याउने कसरतमा आफुहरु लागेको बताए । साथै उनले राप्ती गाउँपालिकाको पहाडी तथा दुर्गमक्षेत्रमा खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, सञ्चारकै मुख्य समस्या रहेकाले त्यस तर्फ ध्यान दिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । उनले सुकुमबासी, मुक्तकमैयाहरुलाई बसोबासको व्यवस्था र अव्यवस्थीत बस्तीलाई व्यवस्थीत बनाउने बिषयमा समेत छलफल भइरहेको बताएका छन् । सांसद थारुले राप्ती गाउँपालिकाको विकासमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताएका छन् । त्यस्तै आर्का सांसद दामा शर्माले राप्ती गाउँपालिका कृषि र पर्यटकीय हिसावले अगाडी रहेकाले प्रदेश सरकारबाट गर्नु पर्ने सहयोग आफुले गर्ने बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् प्रदेश सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तारा डिसी, २ का अध्यक्ष जगतबहादुर थापा, ३ का अध्यक्ष चन्दर चौधरी, ४ का अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, ५ का अध्यक्ष गोवर्धन रावत, ६ का अध्यक्ष वेदप्रसाद चौधरी, ७ का अध्यक्ष विद्याशरण चौधरी, ८ का अध्यक्ष गोकर्णबहादुर रानामगर र ९ का अध्यक्ष रिमबहादर सुनारीमगर लगायतका वक्ताहरुले बोेलेका थिए । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर भुसालले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed