यस्ता डरलाग्दा सपना देख्नु भयो भने कसैलाइ पनि नभन्नुहोस : तपाइकोलागि शुभ संकेत हुन सक्छ

२०७५ फाल्गुन १०, शुक्रबार १९:२६ गते २०७५ फाल्गुन १०, शुक्रबार १९:२६ गते २०७५ फाल्गुन १०, शुक्रबार १९:२६ गते

यस्ता डरलाग्दा सपना देख्नु भयो भने कसैलाइ पनि नभन्नुहोस किनकी यस्ता सपना तपाइकोलागि शुभ संकेत हुन सक्छ

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ ।ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही यस्ता सपनाहरू छन् जुन देख्दा निकै डरलाग्दा भएपनि ती सपनाले भविष्यमा केहि राम्रो हुने संकेत गर्छन् । यस्ता सपनाले भविष्यमा सम्पत्ति प्राप्त हुन सक्ने या अन्य लाभ हुने बताएका छन् ।

डरलाग्दा तर फाइदाकारी सपनाहरूबारे केही थाहा पाऔँ:– शिर कटेको सपना देख्नु: आफ्नै टाउको काटिएको देख्नु कतिसम्म डरलाग्दो सपना होला ? पक्कै पनि निकै डरलाग्दो हुन्छ तर ज्योतिषका अनुसार यस्तो सपनाले धन लाभ गर्ने सूचना दिन्छ ।

– खुट्टा बाँधिएको देख्नु: आफ्नो खुट्टा बाँधिएको सपना देख्दा पनि केही असहज महसुस हुन्छ तर यस्ता सपना देख्नु राम्रो मानिन्छ । यस्तो सपनाले राज्य लाभ दिन्छ अर्थात् सरकारी क्षेत्रबाट फाइदा हुन्छ ।

– पहाड चढेको देख्नु: मानिसले पहाड चढ्नु भनेको गाह्रो काम गर्नु हो भन्ने सोच्छन् । तर तपाईले यही कुरा सपनामा देख्नु भयो भने यसले केही फाइदा हुने संकेत गर्छ । पहाड, समुन्द्र, वा खोला पार गरेको देख्नुले तपाईलाई धन लाभ हुने संकेत गर्छ ।

– टाउको दुखेको सपना देख्नु: सपनामा टाउको दुखेको देख्दा पनि धन लाभ हुने सम्भावना रहन्छ ।– घोडा, हात्ती चढेको देख्नु: हात्ती, घोडा, कमलमा चढेको देख्दा पनि धन प्राप्तिको सम्भावना बढ्ने गर्छ ।नेपाली हेडलाइन्स डटकम बाट साभार गरिएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *