जम्मू काश्मीरको आक्रमणको योजना बारे पाकिस्तानले खोल्यो यस्तो अनौठो रहस्य

२०७५ फाल्गुन १०, शुक्रबार २०:०९ गते २०७५ फाल्गुन १०, शुक्रबार २०:०९ गते २०७५ फाल्गुन १०, शुक्रबार २०:०९ गते

काठमाडौं । हालै भारत प्रशासित जम्मू काश्मीरको पुलवामा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको पाकिस्तानले दाबी गरेको छ ।

उक्त आतंकवादी आक्रमणमा भारतले पाकिस्तानको हात रहेको आरोपलाई खण्डन गर्दै आएको पाकिस्तानले आक्रमणको जिम्मेवारी लिएको हाफिज सईदको संगठन जमात–उद–दावामाथि प्रतिबन्ध लगाएको छ ।

जम्मू काश्मीरमा भएको आक्रमणपछि पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताको जमात–उद–दावा र फलाह–ए–इंसानियतमाथि प्रतिबन्ध लगाइएको छ ।

जमात–उद–दावा पाकिस्तानका चरमपन्थी नेता हाफिज सईदको संगठन हो ।

प्रधानमन्त्री इमरान खानले बिहीबार प्रधानमन्त्री कार्यालयमा राखेको राष्ट्रिय सुरक्षा समितिको बैठकले पुलवामा आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेको हो ।

पुलवामा आक्रमणको योजना भारत प्रशासित कश्मीरमै त्यहिँका चरमपन्थीले बनाएको र उनीहरुले गरेकाले यसमा आफूहरुको कुनै सम्बन्ध नरहेको पाकिस्तानको भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *