बिकास निर्माणमा जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा जन गुनासाे बढे पछी कृष्णनगर नगरपालिकामा अख्ततियारकाे अनुगमन तीब्र …..

२०७५ बैशाख २८, शुक्रबार ०४:४१ गते २०७५ बैशाख २८, शुक्रबार ०४:४१ गते २०७५ बैशाख २८, शुक्रबार ०४:४१ गते

सागर थापा

 बैशाख २८ कपिलबस्तु

कपिलवस्तु कृष्णनगर नगरपालिकामा भईरहेकाे भाैतिक याेजनाहरूकाे अख्तियार दुरूपयाेग अनुसन्धान अायोगले अनुगमन गरेकाे छ । अायोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विहीबार कृष्णनगर नगरपालिकाकाे ३,६,८ र ९ नम्बर वडाको अनुगमन गरेको छ ।

मापदण्ड पूरा नगरेर सडक कालोपत्रे गरेको जनगुनासो अाएपछि टोलीले अनुगमन गर्दा कृष्णनगर ३, ८ र वडा न. ९ मा कालाेपात्रे सडक निर्माणमा मापदण्ड पूरा नभएकाे वडा नम्बर ६ मा पिपिसी निर्माण हुँदा ६ इन्चकाे ठाउँमा ४ इन्च र सिमेन्टकाे मात्रा कम तर बलुवाकाे मात्र बढी भएकाे भेटिएकाे अख्तियार दुरूपयाेग अनुसन्धान बुटवल अनुगमन टाेलीले जानकारी गराएकाे छ ।

अगुमनको क्रममा जन गुनासो भन्दा धेरै बद्‍मासी पाइएकोले अावश्यक छानविन गरेर कारवाही अगाडि बढाउने अख्तियार स्रोतको दाबी छ । स्थानीय जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेपतोमा मापदण्ड पूरा नगरेरै निर्माण कार्य भएको हुन सक्ने बताइएको छ । कपिलवस्तुबाट पत्रकार मनिष कुमार गुप्ताले जानकारी दिएका छन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed