९ महिने शिशुलाई कलेजो दान गरेर नयाँ जीवन दिने चन्द्रकुमार केसीलाई सलाम

२०७५ फाल्गुन ११, शनिबार ०८:१४ गते २०७५ फाल्गुन ११, शनिबार ०८:१४ गते २०७५ फाल्गुन ११, शनिबार ०८:१४ गते

बेनी : मृत्युको मुखमा पुगेकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने सियाना रन्तिजालाई बेनीका चन्द्रकुमार केसीले कलेजो दान गरी नयाँ जीवन दिएका छन्। बेनी नगरपालिका–८ शिक्षामार्ग निवासी ४४ वर्षीय केसीले कलेजो रोगका कारण थलिएकी सियानालाई आफ्नो कलेजोको करिब तीस प्रतिशत भाग दान गरेका हुन्।

भारतको श्री गंगाराम अस्पतालमा शुक्रबार केसीले दान गरेको कलेजो रन्तिजालाई सफल प्रत्यारोपण गरिएको छ। आमा–बुबाको कलेजो नमिलेका कारण उपचार अनिश्चित बनेकै बेला केसीले कानुनी प्रक्रिया पूरा गरी कलेजो दान गरेका म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले जनाएको छ।

कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले दान गरेको कलेजो प्रत्यारोपण सफल भएको शनिबार बेनीमा पत्रकार सम्मेलन गरी कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। ‘केसीले कलेजो दान गरेपछि ९ महिने शिशुले नयाँ जीवन पाएकी छन्’, शाक्यले भने।

सियानाको उपचारका लागि प्रवासका हिस्तानवासीको पहलमा ३० लाख रुपैयाँ संकलन भएको थियो। जन्मेको चार महिनामै जटिल खालको स्वास्थ्य समस्या देखिएपछि सियानालाई पोखराको मणिपाल कलेज, काठमाडौंको त्रिवि शिक्षण अस्पताल हुँदै दिल्लीसम्म पुर्‍याएर रोगको पहिचान गरिएको थियो।

कलेजो प्रत्यारोपण पछिको औषधि उपचारका लागि थप १५ लाख रुपैयाँ आवश्यक पर्ने भन्दै शिशुकी आमा रेश्माले सहयोगको अपिल गरेकी छन्। प्रवासीबाट संकलित तीस लाख रुपैयाँमध्ये १२ लाख रुपैयाँ खर्च भइसकेको छ।

ओमकुमारी शान्ति कोषले एक लाख रुपैयाँ सहयोग गरेको थियो। केसी स्वास्थ्य परीक्षणका लागि भारत आउजाउमा दुई लाख खर्च भएको अध्यक्ष शाक्यले बताए।

\कलेजो दान गरेका केसी बेनी अस्पताल विकास समितिको पूर्वअध्यक्ष हुन्। बेनीको माउन्ट एभरेस्ट माविका अध्यक्षसमेत रहेका केसी लायन्स क्लब अफ नेपालमा आवद्ध छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *