काठमाडौं । कार्यक्रममा काठमाडांै बसपार्क क्षेत्रमा रातको समयमा चिया बेच्ने व्यक्तिहरुलाई प्रहरीले धरपकड गर्ने गरेको भन्दै केही युवाहरुले गुनासो गरे । रातिको समयमा थर्मस बोकेर चिया बेच्दै हिँडदा पनि प्रहरीले थर्मस खोसिदिएको भने पछि हाम्रो टिम विहीबार राति उनीहरुले चिया बेच्दै गरेको स्थानमा पुग्याँै ।

बसपार्क भित्र रहेको प्रहरी प्रभागबाट असई ठुलाकान्छा गुरुङको नेतृत्वमा आएको प्रहरीले उनीहरुलाई अहिले नै भागि हाल भन्दै थर्काए ।

चिया व्यापारीसँगै हाम्रा टिभि जर्नलिष्टहरु शालीग्राम पुडासैनी र अनिल ढुगेंलले दृश्य कैद गरिरहेका थिए । र प्रहरीलाई चिया व्यापारीको गुनासो र प्रहरीको गतिविधिको बिषयमा प्रश्न सोध्न खोजे ।तर प्रहरीको सिआरभी भ्यान भित्रबाट असई ठुलाकान्छा गुरुङ र अर्का यी प्रहरी हवल्दार पूर्ण चौधरी र सिपाही मिन खड्काले हाम्रो टिम माथि हातपात गरे ।

टिभि जर्नलिष्टहरुले हामी न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार हो भन्दा पनि प्रहरीले हातपात गर्न छाडेनन् ।

हाम्रा टिभि जर्नलिष्टहरु माथि भएको हातपातको विषयमा नयाँ बसर्पाक प्रभागका प्रमुख इन्सपेक्टर मोहन केसीले प्रहरीबाट केही व्यक्तिगत स्वभावको कारण गल्ती भएको स्वीकार गरे । क्यामेरामा बोल्न नमाने पनि उनले थर्मसमा चिया बेच्नेहरुका कारण सुरक्षा चुनैति बढेको भनि हास्यास्पद तर्क दिए ।

तर अन्तयमा प्रहरीले थमर्समा चिया बेच्नेहरुको थर्मस फिर्ता गरे । थमर्समा चिया बचे होटलहरुको चिया विक्री नहुने भएपछि प्रहरीले आफूहरुलाई लखेट्ने गरेको थर्मसमा चिया बेच्नेहरु बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *