सामाजिक संजालले धेरैलाई रातारात स्टार बनाइदिएको छ र तीमध्ये एक हुन् दक्षिण भारतीय इन्टरनेट सेन्सेसन प्रियाप्रकाश वरियर ।
गतवर्ष बेग्लैपाराले आँखा सन्काएको भिडियो भाइरल भएपछि रातारात हिट भएकी प्रियाप्रकाशको अभिनय रहेको मलयालम भाषाको चलचित्र ‘ओरु ओडारु लभ’को एक दृश इन्टरनेटमा भाइरल भएपछि उनी इन्टरनेट सेन्सेसनको रूप्मा उदाएकी थिइन् ।
त्यो चलचित्र वर्षभरी रिलिज भएन तर हालै मात्र उक्त चलचित्रको एउटा अर्को क्लिप सार्वजनिक भएको छ जसमा प्रिया र उक्त फिल्मका नायक रोशनबीच लिप लकको दृश्य रहेको छ । यो दृश्य पनि पोहोर साल रिलिज गरिएको आँखा सन्काउने दृश्य झैँ इन्टरनेटमा भाइरल भैरहेको छ ।
यस वर्षको भ्यालेन्टाइन डेकोप अवसर पारेर उक्त चलचित्र रिलिज गर्ने निर्माण पक्षले जानेको समाचार भारतीय संचार माध्यमहरूमा आएको छ । यसका साथै प्रियाले श्रीदेवी बंगलो नामको अर्को बलिउड थ्रिलरमा पनि देखा पर्ने भैसकेकी छिन् ।
Views: 0