यस्ता छन् पेटको बोसो घटाउने घरेलु खानेकुरा

२०७५ फाल्गुन १२, आईतवार १६:४२ गते २०७५ फाल्गुन १२, आईतवार १६:४२ गते २०७५ फाल्गुन १२, आईतवार १६:४२ गते

यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् ।

केही सजिला तरिकाहरु यसप्रकार छन् ।

एलोभेरा जुस

एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

ग्रिन टी

ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ ।

त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

अदुवाको रस

प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।

खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान दिनुहाेला ।

काँक्रो

बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

धनियाँको जुस

यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *