भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ ।
ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।
यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।
१. अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति ।
२. अलि अलि बादल देखे – रोगबाट लाभ ।
३. ऊँट देखेमा – अपार धन प्राप्ति हुनु ।
४. आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु ।
५. आगो उठाएको देखेमा – अवैध धन प्राप्ति ।
६. आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु ।
७. ओढ्ने कम्बल देखेमा – बदनाम हुनु ।
८. औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता ।
१०. कपाल देखेमा – धनलाभ हुनु ।
११. कपास देखेमा – रोगबाट मुक्त हुनु ।
१२. कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।
१३. किला ठोकेको देखेमा -बुढो मान्छेबाट लाभ ।
१४. कोईला देखेमा – व्यर्थमा झगडा हुनु ।
१५. कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु ।
१६. कुवाको पानी देखेमा – विविध लाभ र बिजय ।
१७. कैची देखेमा – झगडा र विवाद बढ्नु ।
१८. घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु ।
१९. घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु
२०. घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु ।
२१. घोडा देखेमा – संकट नाश हुनु ।
२२. घोडा चढेको देखेमा- ठूलो पद पाउनु ।
२३. चश्मा लगाएको देखेमा – विध्दता बढ्नु ।
२४. जंगल देखेमा – दु:ख नाश र बिजय ।
२५. जहाज देखेमा – परिशानी हट्नु र व्यय ।
२६. चाँदि देखेमा वा पाएमा -धन र अहंकार बृध्दि ।
२७. झरना देखेमा – दु:ख दुर हुनु ।
२८. टोपी देखेमा – दु:ख नाश भएर, उन्नति हुनु ।
२९. ठूलो पर्खाल देखेमा- सम्मान बढ्नु ।
३०. डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु ।
३१. ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु ।
३२. ढोका बन्द देखेमा- परेशानी र चिन्ता हुनु ।
३३. दलदल देखेमा – सन्तान प्राप्ति हुनु ।
३४. दाँत भाँचिएको देखेमा – दु:ख र झन्झट हुनु ।
३५. दाँत माझेको देखेमा – पापको प्रायश्चित हुनु ।
३६. धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु ।
३७. पर्वत चढेको देखेमा – पदोन्नति वा प्रसिध्द हुनु ।
३८. पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम ।
३९. प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने ।
४०. पानी पिएको देखेमा – राज्यबाट लाभ ।
४१. फलाम देखेमा – कुनै धनवानद्वारा लाभ ।
४२. बजार देखेमा – दरिद्रताको नाश हुनु ।
४३. बलेको दियो देखेमा – आयु बृध्दि हुनु ।
४४. बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दु:ख ।
४५. बादल देखेमा – विरक्ती र परिशानी बढ्नु ।
४६. बिरालो देखेमा- चोरी हुनु, शत्रु बढ्नु ।
४७. भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु ।
४८. भूकम्प देखेमा – सन्तानलाई कष्ट र दु:ख ।
४९. मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु ।
५०. मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु ।
५१. मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु ।
५२. रत्न या मणि देखेमा – दु:ख बढ्नु, अपव्यय हुनु ।
५३. रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय ।
५४. रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु ।
५५. लठ्ठी देखेमा – ठूलो नाम हुनु ।
५६. वर्षा देखेमा – सुख र प्रशन्नता प्राप्त हुनु ।
५९. सुगन्ध लगाएको देखेमा – विद्वान र पण्डित हुनु ।
६०. सुपारी खाएको देखेमा- रोगबाट मुक्ति पाउनु ।
६१. सुराही देखेमा – आवारासँग संगत हुनु ।
६२. सेतो पूल देखेमा – दु:खबाट छुट्कारा पाउनु ।
६३. सिंहासन देखेमा – धेरै सुख पाउनु ।
६४. हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु ।
६५. ओच्छयान लगाएको देखेमा – दीर्घायु र सुख वृध्दि ।हालखबर नेपाल
Views: 0