नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भ मेलामा खटिएका सरसफाइ कर्मचारीको खुट्टा धोएका छन् ।मोदीले आइतबार प्रयागराजमा सञ्चालित कुम्भ मेला दर्शनको क्रममा त्यहाँ खटिएका सरसफाइ कर्मचारीको खुट्टा धोएका हुन् ।
उनले कुम्भ मेलामा तपयोगी, जपयोगी र कर्मयोगी रहेको भन्दै कर्मयोगीमा डुंगा चालक, स्थानीयबासी देखि सरसफाइकर्मी सबै रहेको बताउँदै कर्मयोगीले दिनरात नभनी कुम्भ मेलालाई सहज बनाएको भन्दै सबैलाई धन्यवाद पनि व्यक्त गरे।
यसैक्रममा सत्तारुढ दल भाजपाका अध्यक्ष अमित शाहले एक भिडियो ट्वीटरमा शेयर गर्दै प्रधानमन्त्रीले एकजना कामदारको खुट्टा धोएको बताएका छन् । भिडियोसँगै उनले लेखेका छन्, ‘प्रधानमन्त्री मोदी जीद्वारा सफाई कर्मचारीहरुको खुट्टा धुनुले उनको संवेदनशिलतामात्र देखाउँदैन यो उनको सामाजिक कार्यप्रतिको समर्पणको प्रतिबिम्ब पनि हो ।
देशले गान्धी जीपछि पहिलो पटक कुनै जन नेतामा यस किसिमको सर्मपण भाव देखेको छ । यो नयाँ युगको शुरुआत हो ।’ हिले मोदीको यो कार्यको भारतीय मिडियामा चर्चा भइरहेको छ ।
Views: 0