आमिर खानले छोडेको यी फिल्म जसले बनायो शाहरुख खानलाई सुपर स्टार

२०७५ फाल्गुन १३, सोमबार १२:५२ गते २०७५ फाल्गुन १३, सोमबार १२:५२ गते २०७५ फाल्गुन १३, सोमबार १२:५२ गते

आमिर खान र शाहरुख खान बलिउडका सुपरस्टार हुन् । यी दुवै अभिनेताले ९० को दशकबाट अभिनय यात्रा सुरु गरेका थिए । फिल्म यात्रामा आमिरले थुप्रै सम्झनलायक फिल्म दिएका छन् । साथै, आमिरले केही यस्ता फिल्म छाडेका छन्, जुन फिल्मका कारण शाहरुख सुपरस्टार बनेका थिए ।

दिलवाले दुल्हनिया ले जाएंगे- यो फिल्म शाहरुख खानको अहिलेसम्मको यादगार फिल्ममध्येमा पर्छ । यो फिल्म मुम्बईमा एक हजार हप्तासम्म चलेको थियो । एकदम कमलाई मात्र थाहा छ कि यो फिल्म शाहरुखभन्दा पहिला आमिरलाई अफर गरिएको थियो । आमिरले यो फिल्म रिजेक्ट गरेका थिए ।

आमिरले खेल्न नमानेपछि सलमान खानलाई अफर गरिएको थियो । दुवै खानले नखेल्ने भएपछि निर्देशक आदित्य चोपडाले शाहरुखलाई लिएका थिए । दिलवाले दुल्हनिया ले जाएंगे बम्पर हिट फिल्म हो ।

दिल तो पागल है- यश चोपडाको ब्यानरमा बनेको यो ब्लकबस्टर फिल्म शाहरुखभन्दा पहिला आमिरलाई अफर गरिएको थियो । त्यतिवेला सो फिल्मको मूख्य चरित्र शाहरुखभन्दा बढी अक्षय कुमारलाई सुहाउने किसिमको भएको चर्चा चलेको थियो ।

आमिरले आफूलाई रोल चित्त नबुझेको भन्दै रिजेक्ट गरिदिएका थिए । त्यसपछि उक्त रोलका लागि सलमान खान र सैफ अली खानलाई पनि अफर भएको थियो । तर, सबैले रिजेक्ट गरेका थिए । अन्ततः यो फिल्म पनि शाहरुखकै पोल्टामा प¥यो ।

मोहब्बतें – वर्ष २००० को बलिउडको सबैभन्दा रोमान्टिक फिल्म ‘मोहब्बतें’ मा आदित्य चोपडाले सबैभन्दा पहिला आमिर खानलाई अफर गरेका थिए । आदित्यले अमिताभ बच्चनको अपोजिट भूमिकामा आमिरलाई खेलाउन चाहन्थे । आमिरले ‘मेला’ फिल्मका कारण मोहब्बतें रिजेक्ट गरेका थिए ।

पछि आमिरलाई भनिएको सो भूमिका शाहरुखले निर्वाह गरे ।नयाँ पत्रिकामा खबर छ । आमिरको मेला फ्लप भयो, शाहरुखको मोहब्बतें सुपरहिट भयो ।

स्वदेश – आशुतोष गोवारिकरको निर्देशनमा बनेको स्वदेश पनि पहिला आमिरलाई अफर गरिएको थियो । तर, उनले फिल्मको कथा बोरिङ भएको बताउँदै अस्वीकार गरेका थिए । आमिरले छोडेपछि स्वदेश शाहरुखको हातमा गयो । स्वदेश शाहरुखको यादगार फिल्म हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *