किन झर्छ कपाल ? यसका रोकथामका उपाय

२०७५ फाल्गुन १५, बुधबार ०५:४९ गते २०७५ फाल्गुन १५, बुधबार ०५:४९ गते २०७५ फाल्गुन १५, बुधबार ०५:४९ गते

आजकल धेरै मानिसलाई उमेर नढल्की कपाल झरेर हैरान पारेको छ । कपाल धेरै झर्ने कारण साधारणतया महिलाभन्दा पुरुषको कपाल धेरै झर्छ ।

पुरुषको धेरै कपाल जेनेटिक कारणले झर्ने गर्दछ । तर, महिलाको कपाल जेनेटिकभन्दा अन्य कारणले कपाल धेरै झर्ने गरेको पाइन्छ । पछिल्लो समय महिलाहरू पुरुषजतिकै तनावमा पर्न थालेपछि झनै कपाल झर्न थालेको पाइन्छ ।

कपाल झर्ने समस्या नेपालमा पनि बढ्दै गएको छ । पछिल्लो समय ३० वर्ष उमेर पुगेका पुरुष तथा महिलाहरुमा कपाल झर्ने समस्या देखिन थालेको छ । कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ ।

शरीरको कुनै पनि भागबाट कपाल झर्नुलाई एलोपेसियाभनिन्छ । ५० देखि सयवटा कपाल झर्यो भने यसलाई सामान्य मानिन्छ । तर, धेरै दिनदेखि सय भन्दा बढी कपाल झर्न थाल्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

कपाल झर्ने कारणहरु

१. लामो समयसम्म अस्पताल बसेर उपचार गर्दा पनि कपाल झर्ने हुन सक्छ ।

२. क्यान्सर रोगका कारण पनि कपाल झर्छ ।

३. सुत्केरी हुँदा पनि कपाल झर्न सक्छ ।

४. दुर्घटनामा परेर टाउकोमा चोट लाग्दा

५. वंशानुगत कारण ।

६. पुरुषमा हुने हर्माेनका कारणले पनि कपाल झर्न सक्छ ।

७.एउटै काँइयो धेरैजनाले प्रयोग गर्दा पनि समस्या हुन सक्छ ।

८. विभिन्न किसिमका कस्मेटिक सामग्रीको प्रयोगले कपाल झर्ने गरेको छ ।

रोकथामको उपाय

१. खानपानमा ध्यान दिने ।

२. कपालमा केमिकल प्रयोग नगर्ने ।

३. कपाललाई कडा रुपले नबाँध्ने तथा कडा हेयर स्टाइल नबनाउने ।

४. तातो पानीले ननुहाउने ।

५. एउटै काइयो धेरै जनाले प्रयोग नगर्ने ।

६. कपालको सरसफाईमा ध्यान पुर्याउने । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *