को बन्छ करोड पतिमा एउटै प्रश्नले अनमोल र भुवनलाई करोड, राजेश हमालले सोधे यस्तो प्रश्न (भिडियो)

२०७५ फाल्गुन १४, मंगलवार ११:३८ गते २०७५ फाल्गुन १४, मंगलवार ११:३८ गते २०७५ फाल्गुन १४, मंगलवार ११:३८ गते

काठमाडौँ । अभिनेता राजेश हमाल र भुवन केसी विच मनमुटाव छ भन्ने कुरा धेरैलाई थाहा भएकै कुरा हो। उनीहरु समकालिन भइकन पनि महानायक को उपाधीको लागि अघोषित प्रतिस्पर्धा गरिरहेको धेरैले भन्ने गरेका छन्।

उनीहरुले जीवनमा जम्मा जम्मी २ वटा सिनेमामा संगै काम गरेका छन् भने त्यस मध्येमा यि दुवै नायक एउटा सिनेमा राजु राजा राम मा मात्रै एउटै फ्रेममा अटाएका छ। त्यसयता सार्वजनिक कार्यक्रममा विरलै भेटिने यि दुई अभिनेताहरु खुलेर भलाकुसारी गरेको दृश्य देखिदैन। सायद यिनै कारणले हुन सक्छ उनीहरु विच मनवुटाव भएको आशंका गर्नु।

तर उनीहरुले यसपटक सबैलाई अचम्मित तुल्याएका छन्। महानायक राजेश हमाल, भुवन केसी मात्रै होइन उनका छोरा अनमोल केसी, नायिका निरुता सिंह एक साथ मिडियामा आएर अन्तर्वाता दिएका छन्। सम्भवतः पहिलो पटक हुनुपर्छ महानायक राजेश हमाल र सदावहार अभिनेता भुवन केसीले एक साथ अन्तर्वाता दिएका। अन्तर्वातामा साथ दिएका छन् पछिल्ला पुस्ताका हट केक अभिनेता अनमोल केसी र अभिनेत्री निरुता सिंहले।

यो अवसर जुटाएको हो महानायक राजेश हमालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम को बन्छ करोेडपतिले। फागुन १७ गते प्रदर्शनमा आउन लागेको सिनेमा क्याप्टेनको प्रचारप्रसारको लागि राजेश हमालको शो मा पुगेका केसीका बाउछोराले राजेश हमालसंग खेल खेलेका छन्।

खेल खेलेसंगै उनीहरुले सामूहिक अन्तर्वाता दिएका हुन्। अन्तर्वाताको क्रममा राजेश हमाललाई भुवन केसीले आफ्नो छोरो अनमोल जस्तै छोरा जन्माएर सिनेमा उद्योगमा नयाँ पुस्ता दिन आग्रह गरे। राजेशले यसकुरालाई ठट्टा गर्दै भर्खर अनमोल र आफू उत्रा उत्रै भएको र भुवन केसी आफ्नो बाउ भएको बताए।

उनी हात जोड्दै भुवनलाई भन्छन्, भुवन वुवा, नाती जन्माउनका लागि म दिनरात खटि राखेको छु। एक पल पनि मिस गरेको छैन। निकै रमाइला शैलीमा प्रस्तुत भएका राजेशको जोक्समा अनमोल केसी र निरुता सिंह निकै हासेका थिए। अन्तर्वातामा अनमोल केसीले राजेश हमाललाई के भने त ? हेर्नुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *